म त्यति धार्मिक मान्छे होइन जस्तो लाग्छ किनकि न म दिनहूँ पूजा गर्छु, न पशुपति क्षेत्रमा घर हुँदा पनि नियमित पशुपति जान्छु । न हरेक बिहान बुबा आमा लाई ढोग्छु । न ध्यान वा योग गर्छु । हरेक बिहान दुनियादारि, घरायशि काम वा किताब संगै बित्छ । तर म त्यति नास्तिक पनि छैन कि जस्तो लाग्छ । सद्गुरु, सर्वप्रियानन्द, प्रोफेसर महादेवन र अोशोका प्रवचन र पौराणिक विश्लेषण सुन्नु मेरो दैनिकि जस्तै हो । यसो हेर्दा मलाई सुविधामुखि धार्मिक भने पनि हुन्छ होला । धार्मिक हुन दु:ख नगर्ने तर त्यस्ता कुरामा चाख राख्ने ।
आज बिहान अचानक मलाई महाकवि देवकोटाको याद आयो । त्यसमा पनि उनले आर्यघाट मृत्युशैयामा लेखेको 'संसार रूपी सुख स्वर्ग भित्र' कविताको याद आयो । प्रविधिले दिएकै छ, युट्युबमा सुने । आनन्द लाग्यो । ईश्वर भन्दा मानव संवेदना बढी महत्वपूर्ण हुन्छ, पूजा भन्दा परोपकार बढी पुण्यदायी हुन्छ भन्ने देवकोटा मानवतावादी धार्मिकमा गनिएका महापुरुष हुन् । आफ्नो स्वार्थ भन्दा अरुको दुखमा मलम लगाउनु फलदायी भन्ने ध्रुवसत्य सिद्धान्तका प्रवर्तक उनीमा पनि आफ्नो जीवनको अस्ताचलमा ईश्वर हुन्छन् र सारा संसार ईश्वरको लीला हो भन्ने अनुभूति भएछ । 'आखिर श्रीकृष्ण रहेछ एक, न भक्ति भो ज्ञान न भो विवेक' भन्ने उनी पनि अन्त्यमा ईश्वरीय सत्तालाई स्वीकार्न पुगे र आफ्नो जीवन व्यर्थ भएजस्तो अनुभूति गरे ।
यो देख्दा लाग्छ त्यस्ता कालजयी महान आत्माहरूको त अन्त्यकालमा त्यस्तो अनुभव हुने रहेछ भने म जस्ता सांसारिक व्यक्तिको त्यो क्षणमा अनुभूति कस्तो हुँदो हो ? आजीवनको भाग दौड, सम्पत्ती कमाउने र जोगाउने चटारो, प्रगति गर्ने तीर्खा र भौतिक सुख प्राप्त गर्ने अनन्त मृगतृष्णा ईत्यादि ईत्यादि । यस्तै कुराहरूको भरजन्म सङ्ग्रह गरेर सदैव आन्दोलित मन र उद्वेलित भाव लिएर जिवनको पोको घिच्याउने म जस्तो साधारण मनुष्यको पनि अन्त्य समयमा सुखानुभूति गर्दै इहलिला समाप्त गर्ने सुखद बाटो हुँदो हो कि? हेर्न बाकी छ ।
मलाई अत्यन्त मन पर्ने मध्येको श्री विनायक शमसेरले गाएको अति राम्रो भजनमा भनेको कुराले नै जीवनको यथार्थ बोल्छ:
'बोलि रहने हृदयको चरीलाई कुन्नि के भो,
प्यारो राम्रो पिंजडा नै पन्छि बिना रित्तो भो.....'
पूरा भजन Youtube मा ।
१४ श्रावण २०७५