असार १५ नाघेपछि बल्ल असार लागे जस्तो छ । रात-दिनको झरी, भिजेर जीवन्त र पखालिएर सफा भएका शहरका रूख विरूवाको पनि दिन आए जस्तो छ । वर्षभरिको धुलो, धुँवा ले सम्पूर्ण अङ्ग प्रत्यङ्ग व्यथित भएर सास फेर्न पनि नपाएका नीरीह स्थावरहरूले सास फेर्न पाए जस्तो छ ।
काकाकुल झै पानिको लागि हरदम इन्द्रदेब गुहार्ने कान्तिपुर बासीका कलधारामा दुई चार थोपा पानी बगे जस्तो छ । वर्षभरिको खान्गी को लागि कहिले पानी पर्ला र रोपाईं गरौला भनेर बादलको बाटो हेर्ने कृषकको टोपी र पछ्यौरी भिजे जस्तो छ । गरा गरामा पानी जमेर धानको बिरूवाको लागि तयार भए जस्तो छ ।
बरू सडकमा खाल्टा परिरहोस, चोक चोकमा जलमग्न भैरहोस, हतार हतार कार्यालय जानेको लागि हिलो र बाछिटाको अभिषेक भैरहोस, सहौंला । तर अझेै पानि परोस । रोपाईं होस । सागपात मौलाउन । उब्जनी बढोस । अलिकति भएपनि देशले खाध्यान्न कम किन्नु परोस । जय वर्षा ।
सोमबार, १८ आषाढ २०७५ (०२ जुलाई २०१८)

No comments:
Post a Comment