Thursday, June 28, 2018

स्कूल सकिएका विद्यार्थी र कलेज खोज्ने चिन्ता

गत साता मात्र माध्यमिक शिक्षा परीक्षाको नतीजा प्रकाशित भयो । स्वभावत: धेरै किसिमका नतीजा आए । कोही राम्रो स्तरको नतीजाले खुशि भए भने कोही निराश पनि भए होलान् । शुरूको नतीजामा देखिएको त्रुटि र भोलिपल्ट आएको सुधारिएको नतीजाले यति महत्त्वपूर्ण र वालबालिकाको भविष्यसंग जोडिएको विषयमा पनि राज्यको जिम्मेवार निकायले लापरवाही गरेको देखिंदा अाक्रोश, चिन्ता र दु:ख लाग्नु अपेक्षित नै हो । यस्तो फेरि नहोस ।

नतीजा आए लगत्तै उच्च माध्यामिक शिक्षाको लागि कलेज खोज्नु विद्यार्थी र अभिभावकको लागि ठूलो टाउको दुखाइको विषय हो । कुन विषय पढ्ने वा पढाउने, कुन कले पढ्ने आदि तनाव भैरहँदा अति व्यावसायिक रूप लिएको शिक्षा क्षेत्रमा कलेजहरूको अत्यधिक तडक भडक, विज्ञापन, विद्यार्थी आकर्षित गर्ने अनेक उपाय, व्यक्तिगत रूपमा आउने फोन कल हरू आदिले हैरान पारे । सोच बनाउन पनि गाह्रो भयो धेरैलाई । कति विद्यार्थीले विषय छान्दा तनाव महसुस गरे । थोरैले मात्र स्पष्ट सोच बनाउन सके होलान ।

आवेदन, परीक्षा, अन्तरवार्ता, अभिभावकको समेत अन्तरवार्ता अादिमा सबै दौडधूप गरिरहेका छन् । लाग्छ यो पनि राजनैतिक सङ्क्रमण काल जस्तै हरेक विद्यार्थी र उसको परिवारको लागि ठूलो र महत्त्वपूर्ण सङ्क्रमण काल हो । 

No comments:

Post a Comment

मृत्युचिन्तन - कलाकार स्व. गणेश रसिकको सम्झनामा

आज कान्तिपुर दैनिकमा लोक संस्कृति र संगित क्षेत्रका मुर्धन्य कलाकार गणेश रसिकले इहलोक परित्याग गरेको समाचार र त्यसमा व्यक्त भावुक भनाइहरुले ...