कुरो जेठ मसान्त तिरको हो । त्यसदिन दुइ पाङ्ग्रेमा कार्यालयतिर हुईकिंदै थिएँ । नक्साल भगवती बहाल बाट कमलपोखरी चोकतिर जाने बाटोमा प्रहरीको संकेतको प्रतीक्षामा रोक्दै, बाटो हेर्दै थिएँ । अकस्मात झण्डै मेरी आमाकै उमेरकी एक आमै हरेकजसोलाई नमस्कार गर्दै केही भन्दै थिइन् । नजिकै आएपछि थाहा भयो उनी घर जान बस भाडा नभएर सहयोग को लागि गुहार्दै थिइन् ।
एक पछि अर्को गर्दै उनी म अगाडी पुगिन् र "बाबु, घर जान भाडा भएन । लौ न बाबु " भन्दै आफ्नो छोराछोरीको उमेरको मलाई नमस्कार गर्दै रुन्चे स्वरमा विन्ती गर्न थालिन् । यन्त्रवत् खल्तितिर हात गयो । सय रुपैया झिकेर दिएँ । उनीलाई त्यतिले पुग्दैनथ्यो पक्कै । अर्कोतिर नमस्कार गर्दै लागिन् । बाटो खुल्यो । म पनि अगाडि बढे, निकै दान गरें जस्तो गरी सन्तोषानुभूति गर्दै ।
अलि अगाडि बढेपछि लाग्यो "नाथे सय रुपैयाले ती बुढी आमैको गर्जो त टरेन" । मैले सबारी छेउ लगाएर कति चाहिन्छ सोधेर सबै खर्च दिनुपर्थ्यो जस्तो लाग्यो र खिन्न मन भयो । विगतमा एकाध पटक त्यस्तो गरेको पनि थिएं र सोको अनुभूति छुट्टै स्तरको पनि हुन्छ । त्यसदिन खल्तिमा कम्तिमा २ हजार रुपैया थियो पनि । त्यसको आधामात्र दिएको भएपनि बुढी आमैको ठूलो काम हुन्थ्यो र म पनि कङ्गाल हुने थिइन ।
यस्तो आकस्मिक दान र सहयोग गरेर खुशी प्राप्त गर्ने अवसर सधै आउदैन र आएका सबै अबसरको सही उपयोग गर्न पनि चुकिन्छ । त्यसदिन म चुके जस्तै । नचुकेका अवसरको सम्झनाले मात्र पनि लामो समय सम्म एक किसिमक आत्मिक सुखानुभूति दिइरहन्छ जुन कुने रकम वा शक्तिले मात्र प्राप्त गर्न सकिंदैन । त्यसका अतिरिक्त "म आज यति दान गर्छु" भन्ने जस्तो पूर्व निर्धारित रूपमा गरिएको दानले पनि आकस्मिक दानले जस्तो खुशी दिन सक्छ जस्तो मेरो अनुभवले बताउदैन । यो मेरो व्यक्तिगत अनुभव हो । हिसावकिताव पूर्वक गरिएको दानमा एक प्रकारको अपेक्षा र स्वार्थ लुकेको हुने भएकोले होला । बाटोमा हिंड्दै गर्दा वा त्यस्तो अवसरमा अनियोजित तवरले गरिएको दानले पाउनेको कृतज्ञता र दिनेको आनन्द दुबैको स्तर धेरै माथि पुर्याउंछ जस्तो मेरो बुझाइ छ ।
०५ आषाढ २०७५ (१९ जून २०१८)

No comments:
Post a Comment