सडक-सडकमा रोपाईं छ
असार लागे जस्तो छ ।
दाजुभाइ को भाग बण्डा जस्तो, पानी जमेका टुक्राहरू
बाटो भरी यत्र तत्र छन्, पानीले टन्न, हिलोले मग्न ।
घर, घर, चोक, चोक बाट कुलाहरू लागेका छन्
भान्छाका, स्नानागारका, पाइखानाका, अबिरल ।।
छ पाङ्ग्रे, चार पाङ्ग्रे गोरूहरूले गडगडाउदै
जोतेका छन गराहरू, चलायमान छन् साँधहरू ।
दाया बाया बटुवा, रमितेहरू हिलाम्मे छन्
त्रसित हरिण जस्तो पल्याक पुलुक, सशंकित ।।
घुंडा घुंडा लुगा स्याहर्दै, खेतलाई सराप्दै, आफैंलाई धीक्कार्दै
कता जाऊँ, कता जाऊँ, दिग्भ्रमित छन् ।
पाइला राख्ने ठाउँ खोज्दै, गोडा उचाल्ने आकाश खोज्दै
गुँड भत्किएका बर्खे कमिला जस्तै छरपस्ट बटुवाहरू ।।
सोमरसले टन्न भएका बिन्दासहरू जस्तै
दुई पाङ्ग्ने हरू ढलपल ढलपल छन् ।
कहाँ गाडिने हो, कहाँ ठोकिने हो
थाह छैन कहाँ उत्तानो परिने हो ।।
वरिपरिका खेतमा कि घर बने कि घडेरी
पाखा पखेरामा कि रिसोर्ट बढे कि झाडी ।
आन्दोलन, विरोध जस्तै कृषि प्रधानको पनि
लाग्छ संकेत दिने जिम्मा सडककेे भागमा छ ।।
चौबाटो, दोबाटो, सीधा बाटो, उकालो, ओरालो
जता हेर, जता जाउ, हिलाम्मे छ ।
सुन्छु हिजो आकाशबाट पनि धमिलो नै वर्षियो रे
हिलोले परिवेश ढाकिएछ, असार साँच्चै लागे जस्तो छ ।।
२०७५ आषाढ ०३
--

No comments:
Post a Comment