टाकुरामा आँखा अड्याउँदै,
अलि थाकेजस्तो ढाड सोझ्याउँदै ।
पिंडुला र पाखुरी स्थीर पार्दै,
सुस्तरी तर दरिलो पाइला चालेथें ।।
पुगुंँला नपुगुंँलाको दोधारमा,
लडिएला उठिएलाको दोसांँधमा ।
आशा र महत्त्वाकांक्षाको साथ,
खुड्किलोमा पाइलो राखेथें ।।
सबैले भन्थे टाकुरो तिम्रो हो,
पाइलो चाल मात्र खुड्किलो तिम्रो हो ।
तिम्रा पाइलाले खुड्किलो चिन्छन्,
टाकुरोले तिमीलाईनै खोजेको छ ।।
कता कता लागेथ्यो साच्चै हो कि !
चढ्नु मेरो नियतिमै थियो कि ?
माथिबाट क्षितीजपारि हेर्ने आखाहरू,
नि:सन्देह मेरा आफ्नै आंँखा थिए कि ।।
नत्र ती सबै शुभेक्षाहरू के थिए?
त्यत्रा धेरै उत्प्रेरणाहरू किन थिए?
त्यसैले लागेथ्यो अव मेरो पालो,
टाकुरोबाट क्षितीज नियाल्ने, लागेथ्यो ।।
लागेथ्यो जीवनका हरेक टाकुरो झै,
यो टाकुरोले अर्को टाकुरो देखाउनेछ ।
एउटा अर्को कोशे ढुङ्गो भेटे झै,
अबिरल यात्राले नया पाइलो पाउने छ ।।
तर जब बादल फाटी उज्यालो आयो,
मेरा पाइला यथास्थानमा थिए, स्थिर ।
शिखरमा एउटा आकृति बसिसकेछ,
मेरो जहाँको त्यहिँ थियो, तल, जडबत् ।।
मेरो गति सुस्त, पाइला फितलो,
हठात् चिप्लिएछन्, लाग्छ उक्लिने अभ्यास पुगेन ।
वर्षौं देखि समथर हिंडेका मेरा पैतालाले,
उकालोको विश्वास जित्न सकेनन् र अलमलिए ।।
उकालो, ओरालो, टाकुरो, भँड्खारो,
जीवन यात्रा यस्तै अवयवहरूको संग्रह रहेछ ।
त्यसैले मेरा जडवत् पाइलाहरू फेरि दौडिनेछन्,
टाकुरो अझै ओझेल छैन, एक दिन चढ्नेछन् ।।
१६:२४ शुक्रबार २०७५ फाल्गुन ०३ (१५ फरबरी २०१९)
अलि थाकेजस्तो ढाड सोझ्याउँदै ।
पिंडुला र पाखुरी स्थीर पार्दै,
सुस्तरी तर दरिलो पाइला चालेथें ।।
पुगुंँला नपुगुंँलाको दोधारमा,
लडिएला उठिएलाको दोसांँधमा ।
आशा र महत्त्वाकांक्षाको साथ,
खुड्किलोमा पाइलो राखेथें ।।
सबैले भन्थे टाकुरो तिम्रो हो,
पाइलो चाल मात्र खुड्किलो तिम्रो हो ।
तिम्रा पाइलाले खुड्किलो चिन्छन्,
टाकुरोले तिमीलाईनै खोजेको छ ।।
कता कता लागेथ्यो साच्चै हो कि !
चढ्नु मेरो नियतिमै थियो कि ?
माथिबाट क्षितीजपारि हेर्ने आखाहरू,
नि:सन्देह मेरा आफ्नै आंँखा थिए कि ।।
नत्र ती सबै शुभेक्षाहरू के थिए?
त्यत्रा धेरै उत्प्रेरणाहरू किन थिए?
त्यसैले लागेथ्यो अव मेरो पालो,
टाकुरोबाट क्षितीज नियाल्ने, लागेथ्यो ।।
लागेथ्यो जीवनका हरेक टाकुरो झै,
यो टाकुरोले अर्को टाकुरो देखाउनेछ ।
एउटा अर्को कोशे ढुङ्गो भेटे झै,
अबिरल यात्राले नया पाइलो पाउने छ ।।
तर जब बादल फाटी उज्यालो आयो,
मेरा पाइला यथास्थानमा थिए, स्थिर ।
शिखरमा एउटा आकृति बसिसकेछ,
मेरो जहाँको त्यहिँ थियो, तल, जडबत् ।।
मेरो गति सुस्त, पाइला फितलो,
हठात् चिप्लिएछन्, लाग्छ उक्लिने अभ्यास पुगेन ।
वर्षौं देखि समथर हिंडेका मेरा पैतालाले,
उकालोको विश्वास जित्न सकेनन् र अलमलिए ।।
उकालो, ओरालो, टाकुरो, भँड्खारो,
जीवन यात्रा यस्तै अवयवहरूको संग्रह रहेछ ।
त्यसैले मेरा जडवत् पाइलाहरू फेरि दौडिनेछन्,
टाकुरो अझै ओझेल छैन, एक दिन चढ्नेछन् ।।
१६:२४ शुक्रबार २०७५ फाल्गुन ०३ (१५ फरबरी २०१९)
No comments:
Post a Comment