Friday, March 15, 2019

आख्यान र आख्यानकार

पहिलो पददेखि पूर्ण विराम सम्म ।
अनिश्चित लम्बाइको यो वाक्यांश ।।

कैयौं ह्रस्व खुशी र दीर्घ दुखाई संग ।
मात्रा, वाइमात्राका अनन्त हिसावसंग ।।

चलिरहेछ कहिले सम्म, सरस, सलिल ।
कहिले भूमरी, छाल र उथलपुथल ।।

देख्ने, भोग्ने, गर्ने, सिक्ने अविरल यात्रामा ।
पद र पाईलाहरू चलिरहेछन् विस्तारै ।।

आफ्नै वेग, संवेग, उद्वेग र आवेगका साथ  ।
लामो कथाको सानो अंशको एक हरफ ।।

कहिले प्रश्न, कहिले विश्मयको बोध ।
कतै वि्न्दु त कतै चन्द्रविन्दुको गहना  ।।

अनेकन अर्धविराम र अल्पविरामसंगै  ।
लामो आख्यानवीचको एउटा वाक्यरूप ।।

चल्दैछ एक हरफ जीवन, सेतो कगजमा ।
बढिरहेछ विरामतर्फ जो देखिदैन तर अमिट छ  ।।

अनन्त, अविरल आख्यानको यो एउटा हरफ ।
थाहा छैन कहिले आउछ त्यो पूर्णविराम  ।।

पहिले लेखिएका अनगिन्ति वाक्यहरू जस्तै ।
यसको पनि अवश्य आउनेछ त्यो निश्चित विराम ।।

न पहिलेको वाक्य पढ्न सकियो, न पछिको ।
अहिलेको मात्र अलिअलि गरी, समय संगै ।।

छोपिएको हरफ, विस्तारै, आफ्नै गतिमा ।
देखाउने त्यो को हो नेपथ्यको आख्यानकार ??

सुनियो, देखियो अनेकन किंवदन्ति र कथामा ।
मान्छे पिच्छेका आकृति र अनुभूतिमा ।।

तर कसले भन्न सक्छ कस्तो छ त्यो लेखक ?
कसरी लेख्छ उसले हरेकको अनन्त कथा ?

परमाणुदेखि महाविस्फोटका हिसावका वीच ।
त्यो अज्ञेय आख्यानकारले अझै विस्मित बनाउछ ।।

आफ्नो एउटा हरफ त देखिंदैन प्रष्ट र पूर्ण ।
कहांँको पूरा आख्यान, कताको आख्यानकार ।।

शुक्रबार १ चैत्र २०७५ (१५ मार्च २०१९)


No comments:

Post a Comment

मृत्युचिन्तन - कलाकार स्व. गणेश रसिकको सम्झनामा

आज कान्तिपुर दैनिकमा लोक संस्कृति र संगित क्षेत्रका मुर्धन्य कलाकार गणेश रसिकले इहलोक परित्याग गरेको समाचार र त्यसमा व्यक्त भावुक भनाइहरुले ...