नरोकिने, नछेकिने, नथाक्ने
अविरल अनवरत चलिरहने ।
लाग्छ दोहोरिरहेछ निश्चित आवृत्तिमा
यथार्थमा अविच्छिन्न बढिरहेछ अगाडि ।।
हिजो, आज, भोलि, भूत, भविष्य
भन्ने कुरा मात्र हुन, धारणा मात्र ।
भोगेका स्मृतिका डोबहरूको गोरेटो
भोग्न बाकीको अडकलको रेखा ।।
वितेका भोगाइहरूको गोरेटोमा अल्झिंदै
आउने पलहरूको अड्कलमा रुमल्लिंदै ।
लाग्छ अनुभवले वर्तमान विर्सिएछ
सही अर्थमा पल पल बाँच्न छोडिएछ ।।
के भयो? किन भयो? मलाई नै किन भयो?
के हुन सक्थ्यो? के हुनुपर्थ्यो? किन भएन?
के होला? कसो होला? के गरूंला? कसो गरुंला?
प्रश्न कति छन् कति? उत्तर एउटा पनि छैन ।।
अनन्तको यात्रामा हरेक जीवन एउटा डोबमात्र
अनायास निस्कन्छ, झिलिक्क बल्छ, निभिहाल्छ ।
तर हरेक जीवनको जीजिविषा अनन्त छ
बलिरहने जोडतोडमै झ्याप्प विलाउँछ अनायास ।।
जति पात्र, त्यति कला, कथा र पटकथा
हरेकले देख्छ पूरा मञ्च उसकै वरिपरि घुम्छ ।
हरेकले मान्छ सबै अरु उसका साक्षी पात्र
रंगमञ्चमा नाटकको निर्देशक निरपेक्ष डोर्याइरहन्छ ।।
वरिपरिका सबै विलाउँदा पनि पालैपालो
देखे जानेका जतिले मञ्च छोडिसकेपनि ।
पात्रले आफ्नो भागको कला देखाइरहन्छ
मेरै लागि सबै मञ्च छ भने झैँ गरि ।।
अनन्त सम्म चलिरहने, अनगिन्ति कथा र पटकथा
असिमित संख्यामा आउने जाने रंगकर्मी ।
मञ्च चलिरहेछ, कथा अनवरत प्रदर्शित छ
अनेक पात्र र पटकथा संगै, पटाक्षेप देखिंदैन कतै ।।
दूरनियन्त्रकले उपकरण अनायास बन्द गरे जस्तो
हिडिरहेको बाटो अनायास भासिए जस्तो ।
आफ्नो निर्धारित भूमिका निभाउदा निभाउदै
बलात् मञ्चबाट निकालिन्छन् हरेक रंगकर्मी ।।
अदृष्य सञ्चालक बाट निपूणतापुर्वक सञ्चालित
नेपथ्यको निर्देशकको ईशारामा अभिनयमा मग्न ।
जीव जगत नाट्यशालाका हामी पनि पात्र
थाहा छैन भूमिका कति हो, पटाक्षेप कहिले हो ।।
पालैपालो उज्यालो र अँध्यारोको लुकामारी बीच
समयको पाङ्ग्रा बढिरहेछ अगाडि ।
दिन, रात, महिना, वर्ष, हिजो, आज, भोलि
गर्दै थकानरहित घुमिरहेछ समय चक्र ।।
शनिवार ११ जेष्ठ २०७६ (Saturday 25 May 2019)

No comments:
Post a Comment