कागज गजबको चीज रहेछ । प्रेम पत्र पनि कागज, नगद नोट पनि कागज, नियुक्ति पत्र पनि कागज, राजिनामा र बर्खास्ति पनि कागज, जन्म र मृत्यु जनाउने पनि कागज, कार्यालयमा सानो भन्दा सानो देखि ठूलो भन्दा ठूलो निर्णय गर्ने पनि कागज । कागज बिनाको समाज र सामाजिक प्रक्रिया कस्तो हुन्थ्यो सोच्न गार्हो नै छ ।
कार्यालयको काम, काम गर्ने कर्मचारी र हरेक कामलाई चाहिने कागजी विन्द्रालो ले कहिले कांही त दिक्द र दिग्भ्रमित बनाउँछ । लेख्यो, देखायो, कटायो, फेरि लेख्यो, देखायो, कटायो, अब त सकियो भनेर देखायो फेरि कलम चलाउने बेलामा फुत्त एउटा नया आइडिया वा पहिला आभास नभएको कमी देखिन्छ अनि फेरि घुमिफिरि रुम्जाटार भनेझैं जहाँको त्यहीं ।
छलफल हुन्जेल, विचार आदान प्रदान चलुन्जेल सबैले मन पराएको कुरो पनि कागजको टुक्रामा परेर बाहूली निशान लगाउने बेला भएपछि मन नपर्ने, कता-कता नमिलेको, सोचे भन्दा फरक, अस्पष्ट हुँदै जाने रहेछ । अनि जब कागजमा मोहर लगाएर औपचारिक बनाउने बेला आउँछ तब यो पनि भएन, त्यो पनि भएन, यहाँ पनि मिलेन, त्यहाँ पनि मिलेन जस्ता गुनासा, नाक खुम्च्याई र ओठ लेप्र्याई ले वाक्क दिक्क बनाउँछ । एक घण्टामा हुने निर्णय एक दिनमा र एक दिनमा हुने काम एक हप्तासम्म पनि हुँदैनन् ।
कागज अगाडि नपरुन्जेल अरबी घोडा जस्तो बलियो आत्मविश्वास कागज अगाडि आएपछि रुझेको विरालो जस्तो लुगलुग काम्न थाल्छ र अनेक तर्क-वितर्क र प्रश्नको पेटारो खुल्न थाल्छ । पेटारोको हरेक प्रश्नमा जवाफ चित्त बुझ्दैन र त्यो कागज खाली कागजमै सीमित रहन्छ, दस्तावेज बन्न सक्दैन । त्यसैले होला कार्यक्षमता बढाउने सोच भएका संस्थाहरूमा कागजी काम कम गर्ने र प्रक्रियाहरूलाई स्वचालित र प्रविधिमा आधारित बनाउन शुरु गरिएको । छिटो सूचना प्रवाह, छिटो निर्णय र सो अनुरूप काममा थप गतिशिलताले आखिर समग्र संस्थालाई नै फाइदा हुने हो । तर त्यसको लागि सम्बन्धित व्यक्तिहरू पनि समय सापेक्ष र परिवर्तन मूखी हुनु जरूरी छ ।
२१ असोज २०७५ (७ अक्टोबर २०१८)

No comments:
Post a Comment