दुई साता अघि 'किताब जात्रा' मा गएका बखत एक बट्टा किताब किनें । त्यो पनि एउटै किताब, पाँच भाग र चार पुस्तकका रूपमा । सरदार भीमबहादुर पाँडेको 'त्यस बखतको नेपाल' । लामो समयदेखि विविध प्रसंगमा चर्चा पढेको थिएँ, सो पुस्तकको बारेमा । मेरो 'बकेट लिस्ट' मा भएका धेरै पुस्तक मध्ये यो कृति अग्रपंक्तिमै थियो । पुस्तक मेलामा अरू पनि ३-४ वटा किताब छानेकोमा दिने कर्मचारीले मूल्य नै निर्क्यौल गर्न नसकेपछि 'त्यस बखतको नेपाल' को बट्टामा चित्त बुझाएँ । जात्राको अवसरमा ३०% छुट भएकोले २००० हजारको सामान १४०० मा पाउँदा चिट्ठा परेजस्तो त हुने नै भयो ।
त्यही रात देखि पढ्न शुरु भयो । अलि पुरानो खालको ठेट भाषामा अनेकन उखान, आख्यान र टुक्का मिसाएर सरदारज्यूले पुस्तकलाई अत्यन्त सरस र पठनीय बनाउनु भएको रहेछ । आफ्नो देशको बि. सं. १९७० देखि २००० को दशक सम्मको परिवेश वरिपरि लेखिएको भएपनि पुस्तकमा त्यो समय भन्दा अघि र पछिका पनि अनेकन परिवेशहरू समेटिएकोले ज्ञानको हिसाबले पनि फाइदाजनक पाएँ ।
तत्कालीन नेपाल र नेपालीको अवस्था, राजनीति, रहनसहन र बोली व्यवहारको मीठो चित्रण गरेको पुस्तकको पहिलो भागको आधा आधि पुग्दा नै कहिले पूरै पढिसकुँला जस्तो बनाउने गरी यति लामो कृति तयार गर्न सरदारज्यूले पक्कै वर्षौंको अध्ययन, शोध र विश्लेषणमा धेरै मेहनत गरेको देखिन्छ । कहिले काहिँ यस्तै केहि हरफ लेख्दा पनि ठूलै काम गरें जस्तो महसुस हुने म जस्ता चकलेटी लेखका लागि त्यो गतिलो पाठ पनि हुन्छ जस्तो लाग्छ ।
विहिवार ०१ फाल्गुन २०७६ (१३ फेब्रुअरी २०२०)

No comments:
Post a Comment