Sunday, September 9, 2018

पाखुरीको बल

तनक्क तन्केको छाती
ठाडो शिर, हसिलो मुहार ।
गर्बिलो र रबाफिलो बोली
स्वाभीमानी चाल ढाल ।।

मेहनती तन, अन्वेषी मन
दरिलो मुटु, भरिलो जोस ।
शरिर भरि जांगर र परिश्रम
मश्तिष्क भरि योजनाका ताना बाना ।।

ब्रम्ह मुहूर्तदेखि आध रात सम्म
पुर्पुरो सेक्ने घाम देखि मुटु खाने सिरेटो सम्म ।
धुलोको होली देखि हिलोको स्नान
हरपल हरदम तल्लीन र समर्पित ।।

सिलौटोमा किचेको नुन खुर्सानी
पानीमा उमालेको सादा पिठो ।
छाती भिजुन्जेल चीसो पानी
सुकुल गुन्द्रीको मीठो निद्रा र सपना ।।

बिना डर भर, मालिक आफ्नो आफैं
सादा दैनिकी, फराकिलो क्षितिज र धरातल ।
काठे, पराले पर्णकुटी बराबर बासमा पनि
ढुक्क र शान्त जीवन दिने पाखुरीको बल ।।

२०७५ भाद्र २४ आइतबार
(गाउँका श्री राजु दाइले घरमै पुष्टकारी उत्पादनको व्यवसाय थालेकोमा उहाँमा र आफ्नो व्यवसायक गर्ने हरेक पौरखी हातहरूमा समर्पित ।)

No comments:

Post a Comment

मृत्युचिन्तन - कलाकार स्व. गणेश रसिकको सम्झनामा

आज कान्तिपुर दैनिकमा लोक संस्कृति र संगित क्षेत्रका मुर्धन्य कलाकार गणेश रसिकले इहलोक परित्याग गरेको समाचार र त्यसमा व्यक्त भावुक भनाइहरुले ...