जिन्दगी छ र त दुनिया देख्न पाइयो ।
चेतना छ र त केही शब्द लेख्न पाइयो ।।
पसिना र रगतले यो जेथा जोडे होलान् ।
पुर्खाले दिएरै त आफ्नै थलो टेक्न पाइयो ।।
ज्ञानको सानै भएपनि दियो बलेकै रहेछ ।
त्यसैको उज्यालोले अज्ञान छेक्न पाइयो ।।
एक्लै आइयो जानु एक्लै छ थाहा छैन कता ।
बास बसुन्जेल अनेक मनीषी भेट्न पाइयो ।।
हिऊँको पानी, वनको हावा, फाँटको अन्न ।
स्वर्ग झैं भूमिमा तिर्खा, वुभुक्षा मेट्न पाइयो ।।
आखाँ पाइएछ बाहिरी र केही भित्री पनि ।
सृष्टिका नवरङ्गी छटा बुझ्न र हेर्न पाइयो ।।
मायालुको माया, हितैषीको शुभ कामना ।
स्वर्गीय प्रसादले जीवन मस्त सेक्न पाइयो ।।
थाहा छैन यात्रा कहाँ र कहिले सम्म छ ।
खुशी छ, अर्को सुनौलो दिन देख्न पाइयो ।।
धन्य मेरा सर्जक अझै पसिना बगाउँदैछन् ।
त्यही बलमा जान्ने भै कविता कोर्न पाइयो ।।
सपना छ उपरान्तमा मात्र मुठ्ठिभरले पनि ।
भनुन् असल थियो त्यो, बोल्न र भेट्न पाइयो ।।
कृतज्ञता छ जीवन प्रति र जीवन दिने प्रति ।
एउटा सिंगो अस्तित्वलाई समेट्न पाइयो ।।
जिन्दगी छ र त दुनिया देख्न पाइयो ।
चेतना छ र त केही शब्द लेख्न पाइयो ।।
विहिबार ०५ आषाढ २०७६ (विहिबार २० जून २०१९)

सपना छ उपरान्तमा मात्र मुठ्ठिभरले पनि
ReplyDeleteभनुन् असल थियो त्यो, बोल्न र भेट्न पाइयो ।।
गजब लाग्यो| केहि स्वच्छन्द, केहि परिपूर्णता, केहि अनुग्रह, केहि उपलब्धी, समग्रमा जीवनबाट संतृप्त भए जस्तो |
साधुवाद
ReplyDelete