एकाएक हराएजस्तो हुन्छु
आफैँदेखि टाढिएजस्तो हुन्छु
एकाएक मन धमिलिएजस्तो हुन्छ
थाहा छैन मलाई यस्तो के हुन्छ
सधै देख्ने अनुहार नौलो जस्तो लाग्छ
हरपलको साथी अपरिचित देखिन्छ
ऐनाभित्रबाट अर्कै व्यक्तिले चिहाउँछ
थाहा छैन मलाई यस्तो के हुन्छ
एउटा गोरेटोमा बढ्दा बढ्दै गन्तव्यतिर
बाटो फाट्छ र अचानक मन मोडिन्छ
बाटो निश्चित गर्न सक्दिन आफ्नो कतैतिर
थाहा छैन मलाई यस्तो के हुन्छ
कहिले साहित्य, कहिले संगित
कहिले कथा, दर्शन, चित्र वा गीत
सबै कुरा एकैपटक गरौं, भोगौं लाग्छ
थाहा छैन मलाई यस्तो के हुन्छ
असल हुने भुत सबार भएछ जस्तो छ
सबैको प्रिय हुने निश्फल कोशिश निरन्तर
असम्भव थाहा भएर पनि मन त्यही खोज्छ
थाहा छैन मलाई यस्तो के हुन्छ
कोही सेतोलाई कालो भन्छन्, मानिदिन्छु
कोहि कुरा काट्छन् अरुको, सुनिदिन्छु
विश्वास धेरै गर्छु सायद, सबै सही लाग्छ
असल हुन कठिन छ सायद धेरै नै
सहि गलत को भेउ पाउन सहज छैन पक्कै
असल र सही छुट्याउन संघर्षरत छु हरदम
थाहा छैन यस्तो कहिले सम्म हुन्छ ।
तैपनि आशाको डोरी समाएकै छु
वादलको चम्किलो घेरा हेर्दै क्षितीजमाथि
सबैले भन्छन् राम्रै हुन्छ तापनि शंका छ
थाहा छैन मलाई यस्तो के हुन्छ
मंगलबार ७ आश्विन २०७६ (२४ सेप्टेम्बर २०१९)
आफैँदेखि टाढिएजस्तो हुन्छु
एकाएक मन धमिलिएजस्तो हुन्छ
थाहा छैन मलाई यस्तो के हुन्छ
सधै देख्ने अनुहार नौलो जस्तो लाग्छ
हरपलको साथी अपरिचित देखिन्छ
ऐनाभित्रबाट अर्कै व्यक्तिले चिहाउँछ
थाहा छैन मलाई यस्तो के हुन्छ
एउटा गोरेटोमा बढ्दा बढ्दै गन्तव्यतिर
बाटो फाट्छ र अचानक मन मोडिन्छ
बाटो निश्चित गर्न सक्दिन आफ्नो कतैतिर
थाहा छैन मलाई यस्तो के हुन्छ
कहिले साहित्य, कहिले संगित
कहिले कथा, दर्शन, चित्र वा गीत
सबै कुरा एकैपटक गरौं, भोगौं लाग्छ
थाहा छैन मलाई यस्तो के हुन्छ
असल हुने भुत सबार भएछ जस्तो छ
सबैको प्रिय हुने निश्फल कोशिश निरन्तर
असम्भव थाहा भएर पनि मन त्यही खोज्छ
थाहा छैन मलाई यस्तो के हुन्छ
कोही सेतोलाई कालो भन्छन्, मानिदिन्छु
कोहि कुरा काट्छन् अरुको, सुनिदिन्छु
विश्वास धेरै गर्छु सायद, सबै सही लाग्छ
थाहा छैन मलाई यस्तो के हुन्छ
असल हुन कठिन छ सायद धेरै नै
सहि गलत को भेउ पाउन सहज छैन पक्कै
असल र सही छुट्याउन संघर्षरत छु हरदम
थाहा छैन यस्तो कहिले सम्म हुन्छ ।
तैपनि आशाको डोरी समाएकै छु
वादलको चम्किलो घेरा हेर्दै क्षितीजमाथि
सबैले भन्छन् राम्रै हुन्छ तापनि शंका छ
थाहा छैन मलाई यस्तो के हुन्छ
मंगलबार ७ आश्विन २०७६ (२४ सेप्टेम्बर २०१९)
No comments:
Post a Comment