जागिर नपाउन्जेल जे पनि गर्न तयार हुने मान्छेहरू स्थायी जागिर पाएपछि धेरै परिवर्तन भएको देखिन्छ । अनुशासन र कर्तव्यनिष्ठा मानिसको स्वभाव, संगत, संस्कार र शिक्षामा पनि निर्भर गर्छ तर धेरै मानिसहरूमा खोजेको कुरा पाएपछि त्यसको महत्व बुझ्न र त्यसलाई उचित सम्मान गर्न सक्ने मनस्थिति भएको देखिन्न । नेपालका सार्वजनिक निकायमा स्थायी जागिर खानेहरूमा पनि यस्तो मनस्थिति निकै प्रचुर भएको पाउन सकिन्छ । कार्यालयमा राजनीति गर्ने, काममा ध्यान नदिने, काम भन्दा सुविधाप्रति बढी चासो राख्ने, काम गर्न खोज्नेको लागि पनि काम गर्ने वातावरण बन्न नदिने आदि नकारात्मक प्रवृत्ति पाइन्छ ।
सार्वजनिक निकायमा जागिरबाट हटाउने र आवश्यकतानुसार अरू व्यक्ति राख्ने स्वतन्त्रता व्यवस्थापनलाई नहुनुले पनि यो समस्या बल्झाएको हुन सक्छ । कर्मचारी युनियनको नाममा छाडापन, काममा भन्दा व्यवस्थापन घेराउ, राजनीतिक स्वार्थको लागि आफ्नो युनियनमा लागेका छाडा कर्मचारीलाई संरक्षण दिने प्रवृत्ति र विभिन्न युनियन बीच एउटै र स्पष्ट कुरामा पनि फरक फरक विचारधारा हुनुले पनि यसलाइ बढावा दिएको छ । अरूको कमजोरी ठूलो देख्ने र आफ्नो नदेख्ने मानसिकता पनि यसको कारक हो ।
यसको साथेै संस्थाको प्रशासन संयन्त्रको दृढ र स्पष्ट कार्यदिशा नहुनु, समयमा उचित निर्णय लिन नसक्नु र कसैलाई काखा कसैलाई पाखा गर्ने अवस्था कायम रहनुले पनि कर्मचारीमा दण्डहीनता र अनुशासनहीनता बढेको अनुमान सहजै गर्न सकिन्छ ।
(अाफू कार्यरत संस्थाको निश्चित क्षेत्रीय र स्थानीय कार्यालयमा प्रगाढ समस्यको रूपमा रहेको कर्मचारी छाडापनबाट दिक्क भएको एक सहकर्मी संगको कुराकानी पश्चात् यो लेखिएको । )

No comments:
Post a Comment