Monday, July 29, 2019

भजगोविन्दम्


भजगोविन्दम्

सहकर्मी तथा सहृदयी श्री दिनेश पन्थी भाईलाई आभार प्रकट गर्दै उहाँको ब्लगबाट साभार गर्दै आदि शङ्कराचार्यको यो अतिशय मीठो भजन आफ्नै लागि:

भजगोविन्दं भजगोविन्दं गोविन्दं भजमूढमते ।
संप्राप्ते सन्निहिते काले नहि नहि रक्षति डुकृञ्करणे ॥ १ ॥ 

मूढ जहीहि धनागमतृष्णां कुरु सद्बुद्धिं मनसि वितृष्णाम् ।
यल्लभसे निजकर्मोपात्तं वित्तं तेन विनोदय चित्तम् ॥ २ ॥


नारीस्तनभर नाभीदेशं दृष्ट्वा मागामोहावेशम् ।
एतन्मांसवसादि विकारं मनसि विचिन्तय वारं वारम् ॥ ३ ॥ 

नलिनीदलगत जलमतितरलं तद्वज्जीवितमतिशयचपलम् ।
विद्धि व्याध्यभिमानग्रस्तं लोकं शोकहतं च समस्तम् ॥ ४ ॥


यावद्वित्तोपार्जन सक्त- स्तावन्निज परिवारो रक्तः ।
पश्चाज्जीवति जर्जर देहे वार्तां कोऽपि न पृच्छति गेहे ॥ ५ ॥


यावत्पवनो निवसति देहे तावत्पृच्छति कुशलं गेहे ।
गतवति वायौ देहापाये भार्या बिभ्यति तस्मिन्काये ॥ ६ ॥


बालस्तावत्क्रीडासक्तः तरुणस्तावत्तरुणीसक्तः ।
वृद्धस्तावच्चिन्तासक्तः परमे ब्रह्मणि कोऽपि न सक्तः ॥ ७ ॥ 

काते कान्ता कस्ते पुत्रः संसारोऽयमतीव विचित्रः ।
कस्य त्वं कः कुत आयातः तत्त्वं चिन्तय तदिह भ्रातः ॥ ८ ॥ 

सत्सङ्गत्वे निस्सङ्गत्वं निस्सङ्गत्वे निर्मोहत्वम् ।
निर्मोहत्वे निश्चलतत्त्वं निश्चलतत्त्वे जीवन्मुक्तिः ॥ ९ ॥ 

वयसिगते कः कामविकारः शुष्के नीरे कः कासारः ।
क्षीणेवित्ते कः परिवारः ज्ञाते तत्त्वे कः संसारः ॥ १० ॥ 

मा कुरु धन जन यौवन गर्वं हरति निमेषात्कालः सर्वम् ।
मायामयमिदमखिलं हित्वा बुध्वा ब्रह्मपदं त्वं प्रविश विदित्वा ॥११॥ 

दिनयामिन्यौ सायं प्रातः शिशिरवसन्तौ पुनरायातः ।
कालः क्रीडति गच्छत्यायुः तदपि न मुञ्चत्याशावायुः ॥ १२ ॥

द्वादशमञ्जरिकाभिरशेषः कथितो वैयाकरणस्यैषः ।
उपदेशो भूद्विद्यानिपुणैः श्रीमच्छन्करभगवच्छरणैः ॥ १२अ ॥ 

काते कान्ता धन गतचिन्ता वातुल किं तव नास्ति नियन्ता ।
त्रिजगति सज्जनसं गतिरैका भवति भवार्णवतरणे नौका ॥ १३ ॥


जटिलो मुण्डी लुञ्छितकेशः काषायाम्बरबहुकृतवेषः ।
पश्यन्नपि चन पश्यति मूढः उदरनिमित्तं बहुकृतवेषः ॥ १४ ॥

अङ्गं गलितं पलितं मुण्डं दशनविहीनं जातं तुण्डम् ।
वृद्धो याति गृहीत्वा दण्डं तदपि न मुञ्चत्याशापिण्डम् ॥ १५ ॥ 

अग्रे वह्निः पृष्ठेभानुः रात्रौ चुबुकसमर्पितजानुः ।
करतलभिक्षस्तरुतलवासः तदपि न मुञ्चत्याशापाशः ॥ १६ ॥ 

कुरुते गङ्गासागरगमनं व्रतपरिपालनमथवा दानम् ।
ज्ञानविहीनः सर्वमतेन मुक्तिं न भजति जन्मशतेन ॥ १७ ॥ 

सुर मंदिर तरु मूल निवासः शय्या भूतल मजिनं वासः ।
सर्व परिग्रह भोग त्यागः कस्य सुखं न करोति विरागः ॥ १८ ॥

योगरतो वाभोगरतोवा सङ्गरतो वा सङ्गविहीनः ।
यस्य ब्रह्मणि रमते चित्तं नन्दति नन्दति नन्दत्येव ॥ १९ ॥ 

भगवद् गीता किञ्चिदधीता गङ्गा जललव कणिकापीता ।
सकृदपि येन मुरारि समर्चा क्रियते तस्य यमेन न चर्चा ॥ २० ॥

पुनरपि जननं पुनरपि मरणं पुनरपि जननी जठरे शयनम् ।
इह संसारे बहुदुस्तारे कृपयाऽपारे पाहि मुरारे ॥ २१ ॥ 

रथ्या चर्पट विरचित कन्थः पुण्यापुण्य विवर्जित पन्थः ।
योगी योगनियोजित चित्तो रमते बालोन्मत्तवदेव ॥ २२ ॥ 

कस्त्वं कोऽहं कुत आयातः का मे जननी को मे तातः ।
इति परिभावय सर्वमसारम् विश्वं त्यक्त्वा स्वप्न विचारम् ॥ २३ ॥

त्वयि मयि चान्यत्रैको विष्णुः व्यर्थं कुप्यसि मय्यसहिष्णुः ।
भव समचित्तः सर्वत्र त्वं वाञ्छस्यचिराद्यदि विष्णुत्वम् ॥ २४ ॥


शत्रौ मित्रे पुत्रे बन्धौ मा कुरु यत्नं विग्रहसन्धौ ।
सर्वस्मिन्नपि पश्यात्मानं सर्वत्रोत्सृज भेदाज्ञानम् ॥ २५ ॥ 

कामं क्रोधं लोभं मोहं त्यक्त्वाऽऽत्मानं भावय कोऽहम् ।  
आत्मज्ञान विहीना मूढाः ते पच्यन्ते नरकनिगूढाः ॥ २६ ॥ 

गेयं गीता नाम सहस्रं ध्येयं श्रीपति रूपमजस्रम् ।
नेयं सज्जन सङ्गे चित्तं देयं दीनजनाय च वित्तम् ॥ २७ ॥ 

सुखतः क्रियते रामाभोगः पश्चाद्धन्त शरीरे रोगः ।
यद्यपि लोके मरणं शरणं तदपि न मुञ्चति पापाचरणम् ॥ २८ ॥ 

अर्थमनर्थं भावय नित्यं नास्तिततः सुखलेशः सत्यम् ।
पुत्रादपि धन भाजां भीतिः सर्वत्रैषा विहिता रीतिः ॥ २९ ॥ 

प्राणायामं प्रत्याहारं नित्यानित्य विवेकविचारम् ।
जाप्यसमेत समाधिविधानं कुर्ववधानं महदवधानम् ॥ ३० ॥ 

गुरुचरणाम्बुज निर्भर भक्तः संसारादचिराद्भव मुक्तः ।
सेन्द्रियमानस नियमादेवं द्रक्ष्यसि निज हृदयस्थं देवम् ॥ ३१ ॥ 

मूढः कश्चन वैयाकरणो डुकृञ्करणाध्ययन धुरिणः ।
श्रीमच्छम्कर भगवच्छिष्यै बोधित आसिच्छोधितकरणः ॥ ३२ ॥


भजगोविन्दं भजगोविन्दं गोविन्दं भजमूढमते ।
नामस्मरणादन्यमुपायं नहि पश्यामो भवतरणे ॥ ३३ ॥


सोमबार १३ श्रावण २०७६ (२९ जुलाई २०१९)


Sunday, July 28, 2019

Wandering Mind

Wandering Mind

Baffled by my own thoughts
Confused by myriad of plots
I can't fathom infinite depths
Of my own mind and its jests

I am lost in thought deep down
No idea of situation of my own
Suddenly I start up from sleep
As if startled by a loud beep

Another moment, it wanders afar
Deepest corners are thrown ajar
No laws of science work here
In no times, it spans infinite sphere

While I am pondering on my plight
My mind betrays me and takes flight
Suddenly it reaches another world
I can't express in any known word

Now it slumbers in deep burrows
Of joys little and plentiful sorrows
Then it rockets into high skies
Has no sails or wings but it flies

While it craves for love and care
It has to bear burdensome share
Of agony, pain, grief and despair
For it can't avoid time's nasty stare

Oftentimes, it is full to the neck
With chores on the life's open deck
When I try to free it with little peck
More pour down in million specks

Empty mind is bad, said bygone sages
In my empty mind, great war rages
Of petty thoughts and little crazes
Means mind's not empty in any stages

It baffles itself with its own travails
War of thoughts always prevails
I am lost in their intricate trails
In a storm, I'm without my sails

While it boggles me deep inside and out
It is something I cannot live without
Though painful, its a necessary malady
I am clinging to it like my own lady

Sunday 28 July 2019  (12 Shrawan 2076)

Wednesday, July 24, 2019

सलाम साप

सार्वजनिक यातायातको विहानको छाकको धक्का मुक्की खाइसके पछि करिब आधा कोश हिडेर बल्ल बल्ल कार्यालयको ढोकामा के पुगेथैं पालेदाईले तनक्क तन्किएर, गर्दन अर्‍हरो पारेर 'सलाम साप' गरिहाले । आफूले त्यस अघि कहिल्यै सलाम खाइएको थिएन । अचानक त्यत्रो गरिमामय सम्मान पाउँदा के के न पाए जस्तो भैहाल्यो । त्यस पालेलाई के गरी सलाम फर्काउने? सलामै गर्ने कि? नमस्कार गर्ने कि? निकै ठूला भनिने हाकिम हाकिमनि ले एक रौं जति पनि टाउको नहल्लाई र एक अङ्गुल जति पनि हात नउठाई अगाडि बढ्दा पनि त्यही पालेले दिनका दिन त्यसैगरी सलाम ठोकेको पनि देखेको थिएँ । तर आफूले पो के गर्ने? के गर्ने भनी निर्णय गर्छु भन्दा भन्दै गोडाहरू त चलेको चल्यै ! त्यति पर पुगेको मान्छे फेरि पालेलाई सलाम फर्काउन फर्की फर्की आउनु पनि भएन, इज्जतको कुरो । जे त होला भनी नीच मारेर लागेँ कार्यकक्षतिर । तथापि त्यसदिन जीवनमा पहिलोपटक पएको त्यति सटिक सलाम फर्काउन नसकेकोमा कुरी कुरी भने लागिरह्यो । 

सलाम गजबको चीज रहेछ । खासगरी म जस्ता कर्मचारी जसले दिनभरी सलामको त के कुरा अनेक द्वन्द प्रतिद्वन्दमा चोटिल भएको मथिङ्गलमा सहानुभूतिको मलम समेत भेट्टाउन गार्‍हो हुन्छ, उसलाई झुक्किएरै किन नहोस पाले भाइले सलाम ठोक्दा आफू सीधै सगरमाथाको टुप्पामा झण्डा गाड्न पुगेको भान पर्ने रहेछ । यति भन्दा यो चाहि नपरोस कि सलामको महत्व र खोजी मैलाई मात्र छ । 

एकजना ठूलै, भनौ भिमकाय ओहोदाकै मान्छे, नियमित मेरो कार्यालयमा आउँथे, म भन्दा दशौं गुणा बढी सलाम पाउने मेरा अर्दा भीमकाय ओहोदाका महामहिमसंग गहन विचार विमर्श गर्न । स्वाभाविक कुरा हो ती भीमकाय अतिथिलाई भित्र आउँदा आउँदै सलाम खाने बानी परिसकेको थियो । सलाम नपाउँदा तीन घण्टा सम्म पशुपतिको चक्कर काटेर दर्शन नगरी फर्कन पर्दा जस्तो वा मैले विद्यार्थी हुँदा ५ घण्टा सम्म मट्टितेलको लाइनमा वसेर पाउने बेलामा ट्याङ्कि रित्तिए जस्तै निराश हुनुपर्थ्यो ती महामहिमले । यो त स्वाभाविक भैगयो । 

ढोकामा पाईलो पर्ने वितिक्कै 'सलाम साप!!' भनेर ड्याम्म बुट बजारेर, सुचिकारले लुगा नाप्न लागेको बेलामा जस्तो तनक्क तन्किएर निधारमा सीधा हात पारेर सलाम ठोक्दा आफ्नो देब्रे हातको चोरी औंलो एकअङ्गुल उठाए जस्तो गर्दै अर्को तिर फर्केर चार मिलिमिटर जति टाउको ढल्काउदै र गजक्क पर्दै भित्र पस्ने उनको बानी अनौठो थिएन । बरू उनि जस्ता सबै मनिषीहरूको लागि स्वाभाविक र अपेक्षित कुरा नै थियो । 

यस्तै क्रममा एक दिन कुरो अलि फरक परेछ । के परेछ भने पाले पठाउने ठेकेदारले त्यस दिन त्यो ठाउँमा फरक केटो पठाएछ । केटो फरक भन्ने वितिक्कै कसलाई सलाम ठोक्ने कसलाई नठोक्ने भन्ने भेउ पाउन उसलाई केही समय लाग्ने नै भयो । त्यही दिन हाम्रा महा मनीषिको पनि आउने दिन परेको रहेछ । समयमै उनी हातको तालमा कोटको फेर समेत दुई बित्ता परसम्म हल्लिने गरी र स्लो मोसनमा बजाएको ट्याम्को जस्तो जुत्ताको मधुर 'टक, टक' आवाज पार्दै आइपुगे दैलोमा । नौलो पालेले मान्छे चिनेन  । हुन त उसले पनि लवाई खवाई, कोटको उडाई र जुत्ताको ठोकाई देख्दैमा 'यिनि ठुलै सलाम खाने हुन्' भनी बुझ्नु पर्ने, त्यसदिन उसको पनि घरवालीसंग ठाकठुक परेर हो कि, अलि मूड ठीक रहेनछ क्यार, सलाम निस्केन । 

सधै पाउने सलाम नपाउँदा परेन फसाद् । हाम्रा महापुरुषलाई ठूलै ठेस परेछ । भित्र गएर स्थानीय ठालूलाई बचन वाण प्रहार गरिहाले "होइन हो, तपाईंहरू पनि यी गार्डहरू कहाँ कहाँबाट ल्याउनुहुन्छ? को आयो, को गयो, रत्ति पनि मतलब छैन यिनिहरूलाई !!"
"हो र हजुर? त्यो केटो नयाँ आएको रहेछ । अलि ख्याल गरेन जस्तो छ । अब त्यस्तो हुँदैन हजुर ।" हाम्रा स्थानीय ठालूले विन्ती विसाएछन् । 
त्यस दिन सदाझै बन्ला भनेको काम बनेनछ र मिल्ला भनेको कुरो मिलेनछ । अनेक प्रश्न र प्रतिप्रश्न तेर्स्याउँदै "फेरि हेरौंला" भन्दै महापुरुष बाटो लागेछन् । कुरो प्रष्टै थियो । कुरो बिग्रेको सलामले नै गर्दा थियो । सँधै सलाम पाउने मनिषिले सलाम नपाएको त्यस दिन घरमा पनि जहान र लालाबालाले राम्रै खरी खोटी सुन्नु पर्‍यो होला भन्ने अड्कल मैले चाहिँ काटें । 


सलामको टेन्सनको नै कुरो गर्नुहुन्छ भने टेन्सन सलाम खानेलाई मात्र हुने रहेनछ । सलाम ठोक्नेलाई पनि टेन्सन नै रहेछ । आफू त परियो कामचोर । हाकिम वरिपरि हुँदा वा सहपाठी ले देख्ने बेलामा कि त कागजको पातोमा कि भने कम्प्युटरको पर्दामा हेरेर आफूलाई बिजि देखाउने मेरो बानी यहाँले अड्कल गरिसक्नु भयो होला । त्यस एक दिन त्यस्तै मौका परेको बेलामा आफूले आफैंलाई 'काम साम गोलि मार'  भन्दै झ्याल बाहिर नेत्र रन्जन गर्दै थिएँ, नजर उहि गेट पालेमा पर्‍यो । छुट्टी हुने बेला थियो । मानिसहरू बाहरिंदै थिए । बिचरा सलाम ठोक्ने पाले भाईलाई बडो चटारो परेको थियो । कसैलाई सलाम ठोक्न छुट्ने हो कि? कोहि कुपात्रमा सलाम खर्च हुने हो कि? पाउनेले नपाउँदा भोलि आफ्नो थाप्लोमा गालि बर्सिने र त्यही कारणले ठेकेदारले गलहत्ती लगाउने हो कि? मजाको थाई जागिर भए त झण्डा र डण्डा समाए पछि हाकिमका हाकिमले पनि केहि गर्न सक्ने थिएनन् तर आफ्नो त पर्यो म्यादी ज्यालादारी जागिर, आज गयो भने भोलि मुखमा माड नलाग्ने डर । यस्ते यस्तै तर्कना पाले भाइको मनमा उठ्दो हो र त बिचरो पखेटा काटिएको चरो जस्तो फिट फिट परेको । सलाम पाउनेलाई भन्दा पनि सलाम ठोक्नेको टेन्सन ठूलो जस्तो ।

महामहिमले सलाम नपाएकोले टेन्सन भएको कहानी सुनेपछि त मलाई पनि सलामको खुव लोभ लाग्न थाल्यो । त्यसैेले आजभोलि कार्यालय आउँदा जाँदा परैबाट पाले गेटमा भएको मौका हेरि भित्र बाहिर गर्ने गरेको छु । दिनभरी बाउन्न हण्डर, त्रिपन्न गोता र हाकिम साबको चौसठ्ठि वटा उपदेश सुनेर जीर्ण भएको दिमाग र थिलथिलो भएको ज्यानलाई एउटै सलामले पनि एक पातो भिटामिन चक्किले जस्तै काम गर्दो रहेछ । सलाम खानलाई पाले भाइ वा पाले दाइले देख्ने गरी नजीकै बाट हिड्यो, जबर्जस्ति भएपनि उनको मुखमा आधा हाँसो सहित हेर्‍यो अनि पायो "सलाम साप!"। त्यस पछि त के छ र, कुखुरै नै भएपनि छाति चौंडा र शिर ठाडो पारेर आँखिभौं दुई मिलिमिटर, टाउको तीन मिलिमिटर र देब्रे हातको चोरी औंलो १ इन्चि उठाए जस्तो गरी मन्द ईशारा सहित अगाडि बढ्दा दिनभरिको थकान मेटेको भान हुने नै भयो ।

त्यसैले, यदि निराश हुनुहुन्छ भने वा मुड ठिक छैन भने पनि अब खुशि हुनुहोस । मैले तनक्क तन्किएर दुइटा औंला निधारमा राखेर, कुहिनालाई टाउकोको लेवलमा पुर्‍याएर, बुट नलगाएको खुट्टा भएपनि कुर्कुच्चा दुख्ने गरि बजारेर फुर्तिसाथ तपाईलाई भन्छु, "सलाम साप!!", "सलाम साप'नी!!" ।

बुधबार ०८ श्रावण २०७६ (२४ जुलाई २०१९)

Saturday, July 20, 2019

बिपिको 'नरेन्द्र दाई' - पुस्तक समीक्षा

विश्वेश्वर प्रसाद कोइरालाको साहित्यिक परिचय दिइरहनु पर्दैन । सघन मनोवैज्ञानिक विश्लेषण सहितका उनका तुलनात्मक रूपमा छोटा तर सघन साहित्यिक कृतिहरूले नेपाली भाषालाई ठूलो गुन लगाएका छन् । उनको दोषि चस्मा लघुकथा विद्यार्थी जीवनमै पढेदेखि नै कोइरालाको साहित्यिक उचाई र उनको कलमको वजनको बारेमा राम्रै अडकल थियो । त्यसको धेरै पछि सुम्निमा पढ्दा झन् बिपिको मानव समवेदना र मनोविज्ञान सम्बन्धी ज्ञानको गहिराईको थप सघन आभास भयो  ।

अनगिन्ति विदेशी साहित्य र खासगरी पुराना 'क्लासिक' भनिने विशिष्ट लेखकका कृति पढ्दै गर्दा लामो समयसम्म नेपाली भाषाका कृतिमा त्यति ध्यान नगएको कुरालाई स्वीकार गर्नै पर्छ । तथापि विश्व साहित्यको अध्ययनले नेपाली साहित्य र विश्व साहित्यलाई तटस्थ भएर तुलनात्मक मूल्याङ्कन गर्न भने अवश्य मद्दत गर्‍यो ।

अहिले फेरि केहि समय यता नेपाली साहित्य तर्फ रुचि बढेको छ । विदेशि संगसंगै नेपाली पनि पढ्ने क्रम बढेकै बेला भैरब अर्यालको सङ्कलन पढेर आफूलाई मस्त हंसाएपछि संयोगले बिपिको 'नरेन्द्र दाई' पढ्ने संयोग मिल्यो । सरल भाषामा लेखिएको लघु उपन्यास पढ्दै गर्दा त्यसको विषयवस्तुको गहिराई र बिपिको अत्यन्त मधुर लेखनशैलिले हेमिङ्ग्वेको 'बुढो मानिस र सागर' को सम्झना दिलायो । बिपिले मान्छेको लागि प्रेमको महत्व, प्रेमप्रति बदलिंदो सामाजिक अवधारणा, समाजमा विध्यमान पुराना धारणा र त्यही समाजमा विकास भैरहेको नया संस्कारको बीचको द्वन्दलाई अत्यन्त पठनीय ढङ्गले प्रस्तुत गरेका छन् ।

कथाका प्रमुख पात्र 'नरेन्द्र दाई' नै हुन् जो सामाजिक र पारिवारिक अनुशासन तथा वन्धन भन्दा माथि उठेर स्वच्छन्द प्रेमको खोजिमा छन् । उनलाई पिताले विवाह गरिदिएकि र वालावस्थामै भएझै देखिने आफ्नी धर्मपत्नी 'गौरी' प्रति खासै लगाव र आकर्षण छैन । उनी आफूलाई गौरी भन्दा अलग नै राख्न चाहन्छन् । नरेन्द्र सामाजिक रूपले आफूभन्दा निम्न जातीय र पारवारिक परिवेशकी  'मुनरिया' प्रतिको आकर्षणमा गहिरो रुपमै परेका छन् । उनको यो आकर्षण धर्मपत्नी प्रतिको विकर्षण, पारिवारिक अनुशासनमा बाँधिन नचाहने विद्रोही स्वभाव र जातपात सम्बन्धी सामाजिक रूढी विरोधी सोचको योगफलको रुपमा लिन सकिन्छ । समग्रमा नरेन्द्र दाई विवाहित पत्नी लाई पूर्ण तिरस्कार गरी खुलस्त रूपमा आफ्नै घरानामा काम गर्ने अरूकी विविहिता  पत्नी मुनरियाको प्रेमजालमा मस्त छन् । उनकी पत्नी गौरी आफ्नो एकतर्फी प्रेमको आगोमा सदैव पोलिंदै र पिल्सिंदै, आफ्नो नियमित साज सज्जा र वेषभुषा द्वारा नरेन्द्रलाई आकर्षित गर्ने विफल प्रयास गर्दै मौन समर्पणमा लीन छिन् । यसो हेर्दा उनको यो समर्पण मूर्खता र अन्ध समर्पण भन्दा बढी जस्तो लाग्दैन ।

उता मुनरिया पनि आफ्नो विवाहित पति हुँदाहुँदै खानदानी नरेन्द्रको प्रेम व्यवहारलाई निरुत्साहित गर्ने प्रयास गर्दिनन् । लाग्छ उनी पनि नरेन्द्रको प्रेमलाई प्रोत्साहित गरी आफ्नै विद्रोह दर्शाउन चाहन्छिन् ।

कथाको सुखद अन्त्य हुँदैन । नरेन्द्र मुनरियासंग भागेर हिन्दुस्तान जान्छन् जहाँ पुगेर उनी क्षयको रोगी हुन्छन् । रोगी भएपछि मुनरियालाई अलपत्र छोडेर उनी सहारा खोज्दै त्यही परित्यक्ता पत्नी गौरीको काखमा फर्किन्छन् । गौरी न हुन्, नरेन्द्रलाई सहर्ष स्वीकार्छिन र उनको मृत्युपर्यन्त सप्रेम सेवा गर्छिन् । उसबखतको क्षयको रोग, नरेन्द्रको छिट्टै जीवनलिला समाप्त हुन्छ । गौरी पुन: त्यही पुरानो अधुरो प्रेमको अधकल्चो आकांक्षा बोक्दै मानसिक रुपले विक्षिप्त अवस्थामा भुइचालोको शिकार हुन्छिन् । उता मुनरिया धेरै सम्म विभिन्न पुरुषको शिकार हुँदै एउटा बुढो व्यापारीसंग आफूलाई बाध्न पुग्छिन, जीवनको टुङ्गो खोज्दै ।

नरेन्द्रदाईको धेरै अंश एक बाल मनोविज्ञानको पृष्ठभूमिमा लेखिएको छ । त्यसर्थ प्रेम व्यवहारका विभिन्न घटनाको विवेचना स्वाभाविक र निर्दोष प्रतित हुन्छन् । यौन मनोविज्ञानको बारेमा धेरै कुरा लेखिएपनि पढ्दा स्वाभाविक लाग्छन् र पाठकले आफ्नै छवि र झलकमा त्यसलाइ बुझ्न सक्छन् । स्वाभाविक कथा प्रवाहमा पनि नरेन्द्र दाइको कथामा नारीलाई अविरल प्रेम र समर्पणको  श्रोतको रूपमा देखाएको छ । पुरुषले स्वच्छन्द रूपमा जीवन यापन गर्दै गर्दा नारीले जस्तै भएपनि कुनै न कुनै पुरुषको कमिजको फेरो समात्नै पर्ने, उसको मीठो नमिठो व्यवहारलाई पैतालाले किचेर पछि लाग्नै पर्ने र जस्तो निष्ठुरी भएपनि उसको नामको जप गर्नै पर्ने एवम् दीयो बाल्नैपर्ने मानसिकता र सामाजिक परिवेशलाई सटिक व्यङ्ग यस कृतिमा गरिएको छ । कोइरालाको प्रगतिशिल विचारधाराको परिचय पनि यसले दिन्छ ।

नारीलाई पीडित रूपमा चित्रित गर्दा गर्दै पनि लेखकले उनलाई अपरिमित प्रेमको खानीको रूपमा चित्रित गर्न भने छोडेका छैनन् । खासगरी गौरीको नरेन्द्रजस्ता पतिको प्रति पनि निरन्तर प्रेम रहनु र अन्तीम अवस्थामा आफ्ना सबै घमण्ड चकनाचुर भए पछि घर आएका नरेन्द्र प्रतिको उनको निश्छल प्रेमले पनि हरेक पाठकलाई नारीको प्रेमको पराकाष्ठाको परिचय दिन्छ । अर्को तिर मुनरियाको कुण्ठा र पीडाको वीच नरेन्द्रलाई घर फर्किन अनुमति दिने व्यवहार पनि त्यस्तै समर्पणको उदाहरण हो । शायद पुरुषले नारीले जति प्रेमलाई बुझेका छैनन् र उनिहरू नारीहरू जति स्वाभाविक प्रेम गर्न जान्दैनन् । समाजको दुर्भाग्य नै भन्नु पर्ला पुरुषले अझैपनि नारीलाई गर्नुपर्ने सम्मान र समान व्यवहार गर्न सकेका छैनन् ।

जे होस्, बिपिको कल्पनाशिलता र मनोविश्लेषणको उत्कट क्षमताको राम्रो नमुना 'नरेन्द्र दाई' पढ्दा पाउन सकिन्छ र उनका अरू कृति पढ्न पनि प्रेरित गर्छ । उनको नेपाली गद्य क्षेत्रमा रहेको मौलिक योगदान विशिष्ट छ ।

शनिवार ०४ श्रावण २०७६

Tuesday, July 16, 2019

Separation of Conjoined Twins Safa & Marwa - Incredible Story of Human Ingenuity

Some stories touch the heart. Some stories tickle the mind. Some stories force the reader to think philosophically. The BBC long read article on the separation of conjoined Pakistani twin sisters Safa and Marwa did all three. 

Born joined at the head with each girl's blood vessels supplying the blood to other's brain, the safe separation of the twins was one of the most complicated and very rare. The case of the Pakistani girls was even more complicated as they were joined at the head with no distinct separation of blood vessels taking blood to and from the brain.

Along with extreme complexity, the cost of the prolonged and multi-stage surgery was very high. It was because of the high cost that the surgery was delayed beyond the safe age of 12 months. The surgery was started when the twins were almost 2 years old. The operation started in October 2018 and successfully ended in February 2019 with the two girls safely separated from each other. 

Story aside, what is so incredible about the surgery is the human ingenuity. The delicate act of separating twins joined at head is beyond comprehension in terms of complexity. Hours of meticulous act of identifying tissues, blood vessels, nerves and other parts before separating them stage by stage requires god-like precision. While the dexterity and skills of the two chief surgeon Dr. Jeelani and plastic surgeon professor Dunaway was augmented by the software engineers and computer scientists that played critical role in 3D modelling, virtual reality based simulation and detailed analysis of procedures that helped the medical staff carry out the task with extra precision. No less important was the altruism of the Pakistani businessman Murtaza Lakhani who took the burden of financing the expensive procedure. 

Above all, if humans join hands, work hard and apply their skills, they can do tasks that can seem beyond comprehension for normal beings.

Some people are driven by personal desires. Others are driven by lust for power, There are very few who are driven by a desire to do good for others and take pride in other's bliss. The people who joined forces to make sure the two girls could lead separate, independent and vastly more comfortable life than their rare birth condition entailed were no less than god-send for the girls, their mother, grandfather and other loved ones. No wonder the mother kissed the hands of the doctors with devotion and gratitude. They were no less than angels for her. 

These are rare but highly illuminating examples of positive human spirit and ingenuity. With right means and motivation, humans can achieve the unthinkable. If only every human motivation were guided by such altruism. 

Tuesday 16 July 2019 (31 Ashadn 2076)

Friday, July 12, 2019

चटारो

आजभोलीको युग नै चटारो र हतारोको युग प्रतित हुन्छ । चितुवाले लखेटेको मृग दगुरे जस्तो दगुर्नु नै सबैको दिनचर्या बनेको छ । काममा जाने चटारो । काम चोरेर भाग्ने चटारो । भागेको थाहा पाउलान् जस्तो गरी आफ्नो काम धाम सकेर पुन: कार्यालतिर फर्किने चटारो । हाजिर गर्ने चटारो । हाजिर गरेर भाग्ने चटारो । बेलुकि जागिर टुङ्ग्याउन फेरि हाजिर गर्न जाने र गरेर कुलेलम ठोक्ने चटारो । विद्यार्थीलाई बिद्यालय जाने चटारो । बजार गएकालाई झोलि तुम्बा बोकेर चिटचिट पसिका काढ्दै र झोलाको डोरिले हातमा खाल्टा पार्दै घर पुग्ने चटारो  । 

आफूलाई र जति चटारो भएपनि संधै ढीलाको ढीला । विहान समयमा पुग्ने सधै चटारो भए पनि बेलुका संधै आधा रात। घरकी लक्ष्मीले पनि उज्यालोमा मुख देख्न नपाएको जुग भैसकेछ । झन जुनियरहरू त कुनै दिन उज्यालैमा घर पुगियो भने छक्क पर्छन् । एक पटक त वेलुकी छ बजे घर पुग्दा 'कति बेर घर बस्ने? फेरि जानु पर्ला होइन?' भन्ने प्रश्नले के भनौं के भनौं बनायो । 

यति धेरै चटारो भएपनि र आजको कालखण्डलाई नै चटारोको युग भनिए पनि साँच्चै यो चटारोले सार्थकता पाएको छ त? यो प्रश्न पक्कै पनि युधिष्ठिरलाई यक्षले सोधेको भन्दा कम गहन नहोला । बोलेर पिठो बिकाउनुपर्ने आजको जमानामा देखाउनकै लागि पनि चटारोको जरुरत पर्छ । एक्लै हुंदा सम्म अनेक कुरामा मन र तन डुलाए पनि अरूका अगाडि सार्‍है व्यस्त हुनै पर्छ । दिनभरि क्यान्टिन, छत र वार्दलिमा बसेर भागवत देखि भुँडिपुराण र गिता देखि ग्यालिलियो सम्मको गफ  हाँके पनि हाकिम र प्रतिद्वन्दीका अगाडि कागज, कलम र फाइल पल्टाएर अनपढ अभिभावकलाई अल्छि विद्यार्थिले झुक्याए जस्तो नझुक्याए फोस्रो नाक कसरी ठड्याइरहनु  । फेरि दिन रात टुपि कसेर र घुँडा धसेर काम गर्नेको भन्दा चलचित्रको नायक जस्तो ठीक समयमा प्रवेश गरी आफ्नो रवाफ देखाउन सक्नेको हालीमुहालि देख्दा ती टुपि कस्ने र घुँडा धस्नेले पनि खरानी घस्ने नै भैहाले । 

प्रशासक देखि पियन सम्म र हाकिम देखि हल्कारा सम्म सबैको यहि गति न हो । ताक परे काम चोरी चोरी हिड्नेहरू ताक नपरे  'निहुरिमुन्टी न' भएर घोत्लिएकै हुन्छन् । यो कुरा घोत्लिने र घोत्लिएको देख्ने सबैले बुझेका भएपनि बोल्ने आँट प्रायले गर्दैनन् किनकि तिनले पनि बारम्बार यही उपाय गरेर आफ्नो नक्कली चटारोको विज्ञापन गरेकै हुन्छन । आफ्नै आङ कन्याएर छारो कसले उडाइरहोस् । तैं चुप, मै चुप ।  

त्यसमाथि पावरवालाहरुको चटारोको त के कुरा । 'इयाँलि बियाँलि दिन गुमाई, अधेरी रातमा विस्कुन सुकाई' भने झै समय रहुन्जेल कहिले बैठक त कहिले परामर्श, कहिले निरीक्षण त कहिले निर्देशनको निहुँमा ससुराली देखि माइति सम्म र तरकारी देखि सरकारी सम्म भ्याउने हाकिमसाबले दिन ढल्ने बेलामा टुप्लुक्क कुर्सिमा देखा परेर घण्टि बजाएपछि मातहतका सबैको कन्सिरिका रौं र कन्सिरि भित्रको मथिङ्गल तात्ने नै भयो । अनि त्यसपछि कुर्सिवालालाई सराप्दै र आफ्नो पुर्पुरोलाई धिक्कार्दै कागजको पुलिन्दा बोकेर हाजिर हुने कारिन्दाको चटारोको त झन् के कुरा । लाग्छ त्यो एक छिनको चटारोले उसको जीवनको डुङ्गा नै जलमग्न हुन्छ । हुन पनि घरायशी झैझमेलामा लागिसकेका व्यक्तिका लागि त त्यसको दोब्बर नै बोझ हुन्छ । एकातिर निवासबाट आउने तिन पुस्ते सोध खोज र अर्कातिर सहकर्मिको 'तिमिले त धेरै काम गरेर हामीलाई पनि गार्‍हो पार्‍यौ बा!' भन्ने जस्ता व्यंग्य वाणले घोच्दा आगोमा घ्यू थपे जस्तै हुन्छ ।  

चटारोले कामचोरलाई पनि गजबको बहाना दिन्छ । दिनभरि झिङ्गे दाउ खेलेर बेलुका २-३ गिलांस सोलमारी लगाएर झुम्दै घर पुग्नेले पनि 'आज त पानी पिउने फुर्सद पनि भएन' भन्दै खुइय बनावटी सुस्केरा हालेर आफ्नो फोस्रो चटारो प्रदर्शित गरी पानी माथिको ओवानो हुन खोज्छ । सत्र जनाको अगाडि सत्रथरि कुरा गर्दै अर्काको कामलाई विथोल्दै हिड्ने हावादारिको त झन् के कुरा । उसको कुरा सुन्ने हो भने उ बाहेक सबै निकम्मा नै हुन्छन् । त्यसमाथि पनि सबभन्दा बढी कामचोरलाई अरुको कुरा काटेर आफू अग्लो र सग्लो हुने खुब चटारो हुन्छ । कहिले चुक्लि लगाउने चटारो त कहिले बनेको काममा आफ्नो संलग्नता भएको रिपोर्ट गर्ने चटारो । कहिले सहकर्मिको खुट्टा तान्ने चटारो त कहिले पावरवालाको खुट्टा मल्ने चटारो । 

आजको हाइ स्पीड युगमा सबैले कुनै न कुनै किसिमको भागदौड गरेकै हुन्छन् । काम हुनेहरू काम देखाउन दौडन्छन् भने काम नहुनेहरू कता काम पाइएला र मुखमा माड लाग्ला भन्ने दाउमा दगुर्छन् । फटाहाहरू फट्याइँमा दौडन्छन् भने निमुखाहरू सोझो तरिकाले घिउ निकाल्ने जीर्ण कोशिसमा व्यस्त हुन्छन् । गृहस्थी, विद्यार्थी, कर्मचारी, नेता, अभिनेता, उद्यमी, बेरोजगार, कलाकार, चाटुकार सवै आ-आफ्नै पेटारो बोकेर आ-आफ्नै कहिल्यै नसकिने बाटोमा कहिले कुहिरोको काग झैं त कहिले लखेटिएको हरिण झै कुदिरहेकै हुन्छन् । फुर्सदमा कोहि देखिदैन । ईशावास्य उपनिषदको साबिकको पहिलो हरफको सट्टा अव यसो भन्नु उपयुक्त होला कि - 'चटारोस्य इदम् सर्वम् व्याप्तेन जगत्याम् जगत्' । 

शुक्रबार २७ आषाढ २०७६

Friday, July 5, 2019

सेल्फि

उहिले उहिले आफ्नो तस्विर हेर्न कि त स्टुडियोमा गएर फोटो खिचाएर त्यसको धुलाइ हुन २-३ दिन कुर्नुपर्थ्यो कि ऐना अगाडि ठिङ्ग उभिएर वा थ्याच्च बसेर टुलुटुलु हेर्नु पर्थ्यो । कहिले काहिं त आफ्नै थुतुनो पनि कता कता पराइ जस्तो, समय भन्दा पहिल्यै रंग उडे जस्तो, उमेरै नपुगी बुढो भएजस्तो हुन्थ्यो । तस्विरै खिचेर धुलाउन त ठूलै महोत्सव आउनु पर्थ्यो वा गतिलै कागज बनाउने आवश्यकता हुनुपर्थ्यो ।

हेर्दा हेर्दै जमाना पनि कस्तो आयो । पहिरो जांदा होस् वा आगो लाग्दा होस्, झैझगडा भएका ठाउँमा होस् वा महोत्सवमा होस, यात्रामा जाँदा होस वा जात्रामा रमाउँदा होस्, नातेदारसंग जोडिंदा होस् या तीन न तेर्‍हका अपरिचितसंग जम्काभेट हुँदा होस, हरियालीमा होस् या उराठ मरुभूमिमा होस्, हिमालको रगत जम्ने जाडोमा होस या तराईको बोसो पगाल्ने गर्मीमा होस् सबैलाई सेल्फिकै चटारो छ ।

बाटोको धुलोमा लोटपोट हुँदै निरीह आँखा र पसारिएको हातले दुइ चार पैसाको लागि हात पसार्ने मगन्तेसँग होस वा सेलेब्रिटि सँग होस, भेट भएपछि हाइ, हेलो वा के छ, कसो छ भन्दा बढी टाउको जोरेर र चोसो पसारेर सेल्फि लिने नै हतारो हुन्छ । मन्दिर भित्र दर्शन होइन भगबान सँग सेल्फि । बगैंचामा फूलको आनन्द भन्दा पोज दिइ दिइ सेल्फि । अस्पतालमा नाकको टुप्पो देखि गोडाको बुढीऔंलोको टोप्रो सम्म सेतो पट्टीले बेरेर इन्तु न चिन्तु भएको बिरामी संँग पनि सेल्फि । विवाहमा दुलहा दुलहीसँग सेल्फि । घाटमा मरणासन्नसँग सेल्फि र मृत शरीरसँग सेल्फि ।

सेल्फि सँस्कृति एक आगो हो भने सामाजिक सञ्जाल त्यसलाई अझ भड्काउने तेल हो । सञ्जाल भरि तस्विरै तस्विर । लाग्छ सामाजिक सञ्जाल नभएर व्यक्तिगत तस्वीरजाल हो । यसले सेल्फि लिनेहरूलाई थप नखरा गर्न प्रोत्साहित गरेको छ । हरेक व्यक्ति सेल्फि लिंदा त्यस्तो साथी खोज्छ जो सेलिब्रिटी होस् जोसँग सेल्फि खिचाएर प्रकाशित गर्दा गजबको गौरव र रवाफ महसुस होस । यदि यस्तो छैन भने सेल्फि पार्टनर आफू भन्दा कम जान्ने, कम सुन्दर वा कम सफल होस र उसले आफूसँग सेल्फि लिंदा गौरव र रवाफ महसुस गरोस् । यी दुई बाहेक आफू सरहको व्यक्तिसँग सेल्फि लिन जोकोहिले इच्छा गर्दैनन् । यदा कदा साथि संगी सँग खिचाउनु त बेग्लै कुरा होला ।

कुनै जमाना थियो जव धेरै शुरा र साहसी मान्छेहरू मात्र भीर, पहरो, छाल, छहरो, झाडी, लहरो नगीच जाने आँट गर्थे । जोकोहिले त्यस्ता खतरापूर्ण वा गार्‍हो स्थानमा आफ्नो अनमोल ज्यानलाई जोखिममा पार्ने दुस्साहस गर्दैनथे । तर सेल्फिको जमानामा त्यसको पनि कायापलट भए जस्तो छ । सेल्फिको कहिल्यै नमेटिने पिपासाले उत्सुकहरूलाई भीरमा लगेन कि, पहरामा तानेन कि, छालको छेउमा पुर्‍याएन कि वा विनासको दृष्यको साक्षी बनाएन । पहराको टुप्पोमा पोज, छहराको फेदमा पोज, रुखको हाँगामा पोज, नदीको छाँगामा पोज, उफ्रिएर पोज, झुन्डिएर पोज, लडेर पोज, सुतेर पोज, उठेर पोज, खाएर पोज, पिएर पोज । यही पोजको खोजमा कैयौंले इहलिला समाप्त गरे । लाग्छ स्वर्गमा पनि राम्रो ठाउँ खोजेर सेल्फि लिने धुनले सतायो होला ।

फाटेको कपडा लगाएको बेला, भान्सामा डेक्चि धस्काएको बेला, बालबच्चाको सुसु र आचि सफा गरेको बेला, हिलोमैलो भइ काम गरेको बेला, दाह्रि चुस्स र कपाल जिङ्ग्रिङ्ग भएको बेला, मेकअप नगरेको बेला कसले सेल्फि खिचेार पोष्ट गर्छ ? चाउरी र चाया भएपनि नानाथरि दलदाल गरेर भरिलो बनाएर, फुलेको कपाल रंगाएर, खुइलिएको तालुलाई कानतिरको कपाल तानी तानी छोपेर, टिमिक्क लुगा र चिटिक्क अनुहार नबनाई लिएको सेल्फि त सेल्फिमा गनिन्न र कतै गल्तिबश पोष्ट भैहाले पनि तुरुन्त डिलिट गरिहाल्नु पर्छ ।

टिमिक्क लुगा र चिटिक्क अनुहार अनि बनावटी हाँसो मात्र नभएर अहिले त नाक चेप्र्याएर, आखा तानेर, चोसो पसारेर, छड्के हेरेर, ठुस्स परे झैं गरेर, केही सोचेजस्तो गरेर, माथि हेरेर, तल हेरेर पनि सेल्फि लिने क्रम बढ्दो छ । आफ्नो प्राकृतिक रूपमा सेल्फि लिने भेट्नु भनेको इमान्दार कर्मचारी भेट्नु र झुटो नबोल्ने राजनेता भेट्नु जस्तै दुर्लभ भइसके जस्तो छ । जे होस, सामाजिक सञ्जालको यो छद्म दुनियाँमा आफ्नो छद्म र अप्राकृतिक रूपकै प्रचार-प्रदर्शन गर्नु पर्ने रहेछ क्यारे । सेल्फि त्यसैको जल्दो बल्दो रूप जस्तो छ । यो लेखको अन्त्यमा एउटा सेल्फि पनि टाँस्न पाए !

आइतबार २२ आषाढ २०७६ 

मृत्युचिन्तन - कलाकार स्व. गणेश रसिकको सम्झनामा

आज कान्तिपुर दैनिकमा लोक संस्कृति र संगित क्षेत्रका मुर्धन्य कलाकार गणेश रसिकले इहलोक परित्याग गरेको समाचार र त्यसमा व्यक्त भावुक भनाइहरुले ...