Wednesday, August 28, 2019

My Favorite Books

This is a non-exclusive list of my favorite books. Naturally, I have managed to read only a handful of books (250+ so far) and there are millions more that are great but perhaps beyond my elements to read all. Still, among the ones I have read, the following are among the ones which touched my heart the most.


1. मुना मदन (लक्ष्मी प्रसाद देवकोटा) - यसको बारेमा के भन्नु पर्ला र?

2. Three Men in a Boat by Jerome K Jerome - For the sheer amount of laughter it gives.

3. A Tale of Two Cities by Charles Dickens - For the story it weaves around revolutionary France and England.

4. योगमाया (नीलम कार्की निहारिका) - इतिहास, तत्कालिन सामाजिक परिवेश, महिलाहरूको दयनीय स्थिति, छुवाछुत, विद्रोह, सरस भाषा, उखान टुक्का - सबैको सरस मिश्रण

5. And Then There Were None by Agatha Christie - It is a real detective thriller. Once I started reading it, could not put it down. I've read more than 40 books by Christie and this is the most thrilling of them all.

6. Difficulty of Being Good by Gurcharan Das - It is a masterpiece that relates stories of Mahabharat, the context of human mentality and modern psychology. It is based on an immense amount of research and analysis by the author.

7. The Old Man and the Sea by Earnest Hemingway - This small book by the Nobel Laureate is a masterpiece depicting the strength of human spirit in times of peril. It uplifts the spirits by reminding that human spirit and will can fight unthinkable adversities. 

8. To Kill a Mockingbird by Harper Lee - This is a heart-touching story of racial segregation and a person's fight against that. It is also a book about family, love and human compassion with each other. 

9. Picture of Dorian Gray by Oscar Wilde - This is a remarkably imaginative work of Wilde in which he contemplates a person's dream to stay forever young. Dorian wishes to stay as his picture of youth. He stays young but his picture starts getting aged. A very interesting and philosophical read. 


Thursday, August 22, 2019

योगमाया उपन्यास - तात्कालिन समाजको ऐना

२०७४ सालको मदन पुरस्कार प्राप्त नेपाली उपन्यास योगमाया गत साता मात्र पढि सिध्याएँ । किताबी किराको लागि राम्रै खुराक रहेछ । त्यो भन्दा पनि बढी तात्कालिन परिवेशको भाषा शैलीमा लेखिएको हुँदा पढ्ने आनन्द झन् बढ्यो । ऐतिहासिक परिवेशमा लेखिएको र सामाजिक सुधारमा बलिदानपूर्ण योगदान दिने योगमाया जस्तो अद्वितीय व्यक्तिको जीवनीमा आधारित भएकोले ऐतिहासिक ज्ञान पनि धेरै प्राप्त भयो । छोटा र मीठा वाक्य विन्यास, अति प्रासंगिक उखान‍-टुक्का र ठेट शब्दाबली समेत समावेश गरी नीलम कार्की निहारिकाज्युले आफ्नो विशिष्ट लेखन शैलि र सिर्जनशिल आख्यानकारिताको नमूना दिनुभएको रहेछ ।

किताव पढ्दै जाँदा झण्डै एक सय वर्ष भन्दा पहिलेको (वि. सं. १९५० देखि १९९८ सम्म) नेपालको समाजको सशक्त चित्रणको साथै नपेालकी एक अभूतपूर्व समाज सुधार अभियन्ता एवम् वलिदानी योगमायाको जीवनीको बारेमा धेरै पठनीय ढङ्गले लेखिएको पाइयो । पुस्तकले त्यसबखतको नेपाली समाजमा महिलाको जीवन निकै कष्टकर तथा भेदभावले पीडित भएको दर्शाएको छ । सती प्रथा, छोरीलाई शिक्षा नदिने, बहुविवाह, वालविवाह, महिलाले धेरै प्रकारका बन्धनमा बाँच्नुपर्ने वाध्यता, पत्नीले पतिको पुरा खानुपर्ने जस्ता कु‍-प्रथाहरूको सजीव चित्रण निहारिकाज्यूले गर्नुभएको छ । सती प्रथाको लगभग त्यही कालखण्डमा अन्त्य भएको, बालविवाह हराउँदै गएको, छोरीलाई शिक्षा दिने तर्फ धेरै प्रगति भएको भएपनि महिलाहरूको जीवन अझै पनि समाजमा बराबरीको दर्जामा पुग्न सकेको पाईदैन । एक पुरुषको नाताले आफैंलाई पनि त्यसको दोषि भएझैं लाग्छ । दाइजो प्रथा, छाउ प्रथा, महिनावारीका बारेमा विध्यमान कुसँस्कारहरू, छोरीलाई अंश नदिने कुरा, आमाको नाममा नागरिकताका कुरा आदिमा नेपाली समाजले अझै धेरै फड्को मार्न बाँकी छ । 

त्यसो भएपनि तात्कालीन सामाजिक परिवेशमा सुधार ल्याउन, अन्यायको विरुद्ध लड्न तथा भेदभावमा परेका वर्ग (महिला, तल्लो जाति, गरीब आदि) को हितको लागि लड्न योगमायाले गर्नुभएको नेतृत्वदायी योगदानलाई जनमानसमा छर्लङ्ग पार्न यो पुस्तकले धेरै मद्दत गर्ने विश्वास लिन सकिन्छ । 

त्यसका साथै पुस्तकको भाषा पनि तत्कालिन परिवेशमा लेखिएको छ । विविध उखान टुक्का, रमाइला प्रसङ्ग, निर्दोष प्रकृतिको गाउँले बोली जस्ता विविध अलङ्कारले भरिएको यो पुस्तकले २०७४ सालको मदन पुरस्कार पाउँनु पक्कै पनि सान्दर्भिक, उचित र आवश्यक पनि जस्तो लाग्यो । 

विहिबार ५ भाद्र २०७६ (२२ अगस्ट २०१९)

Wednesday, August 21, 2019

Interesting (?) Numbers

Numbers are amazing. They are weird. They are part of life. They are at the core of science, mathematics, economics and many other aspects of civilization.

Here is a collage of some very interesting (and at times very distressing & depressing) numbers. 

Cigarettes



780,000,000,000
Number of Cigarettes Sold by Philip Morris in 2018



Chickens 

65,000,000,000 
Number of Chickens Consumed Per Year (Source)  

23,000,000,000
Number of Chickens in the World at Any Moment 
 This number is 10 times more than any other bird, 40 times the number of sparrows. 

The combined mass of those 23 billion chickens is greater than that of all the other birds on Earth.



Chewing Gum 

174,000,000,000,000

The number of sticks of Chewing Gum produced in the world every year

Sunday, August 11, 2019

पितृ ऋण

पितृ ऋण

भन्छन् अस्तित्व अनन्त यात्रा ।
हरेक जीवन एक छोटो अंश
पुराना कति अंश आए गए
चौतारी, मोड, उकली ओराली
भन्ज्याङ्ग, खोंच, लेक, फाँट
कहिल्यै नसकिने चलचित्र जस्तो
एक पछि अर्को दृष्य, उज्यालो, अँध्यारो

वितेका अनगिन्ति कालखण्डहरू,
आउने अनेकन परिवेश र परिस्थितिहरू
ति सबै विस्मृति र अड्कलमा सीमित
न बुझ्न सकिने, न अनुमान गर्न नै
मात्र वर्तमान एक पेवा हो मेरो
जसलाई म आफ्नो भन्न सक्छु

मेरो जीवनको उद्गम र आधार स्तम्भ तिमी
मैले टेक्ने खुड्किलो र समाउने हाँगो तिमी
मैले देखेका सपनाका साक्षी र प्रेरक तिमी
मैले आकाङ्क्षा गरेका उचाई देखाउने तिमी
यस वर्तमानको आदि देखि अन्त सम्म
मेरो हरेक अस्तित्वको सूत्रधार तिमी

मेरा आकाङ्क्षाहरू कहिल्यै टारेनौ
आफ्ना इच्छाहरू कहिल्यै बताएनौ
मेरा आवश्यकता सबै पूरा गर्‍यौ
आफ्ना सहस्र जरुरतलाई थाति राख्यौ
दिनरातको तिम्रो खटाइ र परिश्रमबाट
मेरो बाटोका काँढा फाली फूल रोपिरह्यौ

पहिलो संस्मरण तिम्रो जस्तो छ ममा
त्यस्ता तिमीभन्दा बुढो पुरानो भैसकें म
तापनि तिम्रा अघि म  हुन्छु आशामुखी
तिमीबाट मार्गदर्शनको चीर अभिलाशी
तिम्रा स्नेहिल नजरसामु बालपन पाउँछु
म धेरै त्रुटिहरु गर्छु र तिनमा नै रमाउँछु
तिम्रा स्नेहिल अर्तिहरू मेरा सञ्जीवनी
तिनकै मोहमा गरिरहन्छु ससाना नादानी 

तिम्रा औंला समाएर बढेका पाइलाहरू
ती मधुर बाणीले देखाएका खुड्किलाहरू
मेरा चोटमा आहत तिम्रा मायालु हातहरू
मेरा उपलब्धीमा गर्बित तिम्रा साथहरू
मैले बाटो विराउँदाका तिम्रा सच्याइहरू
तिम्रो काँध चढी मैले टेकेका उचाइहरू
सबैको प्रतीक म प्रतिको तिम्रो समर्पण
ती अपरिमितका बदला के गरूँ अर्पण

तिमी प्रतिको मेरो ऋणको के सीमा हुन सक्छ र
मैले चाहेर पनि त्यसको शतांश पनि तिर्न सक्छु र
आशा छ एउटै तीमि प्रति म सच्चा हुन सकुँ
तिमीलाई अन्जानमै पनि कुनै ठेस नपुर्‍याउन सकुँ
तिमीले मेरालागि जति अर्पण र समर्पण गर्यौ
थोरै भएपनि त्यस्तै मेरा सन्ततिलाई गर्न सकुँ

आइतबार २६ श्रावण २०७६ (११ अगस्ट २०१९)

Friday, August 9, 2019

सुनगाउँको मस्ती

कस्तो अल्छि दिन परेछ ।

दिन काट्न पनि कति गार्‍हो । बैशाखो उखरमाउलो गर्मी । काम खासै थिएन । वा भएर पनि गरिएन । खाली खाली पन । मनले अल्झिने बाटो खोजिरहे जस्तो ।

मनमनै दिक्क हुँदै गर्‍हौं पाइलाले म बारिको डिलतिर लाग्छु । घामले नेटो काट्नै लागेको छ । मेरो घर अगाडि नाकको टुप्पो नै छोला जस्तो डाँडो छ । डाँडोको टुप्पो भन्दा केहि माथि पुगिसकेको घामले पनि पुर्पुरो सेकिरहेको छ । अपरान्हमा हरेक दिन जसो डाँडामाथितिरबाट फाँटतिर बग्ने दक्षिणी हावाको बेगले घामको पोलाईलाई केहि कम गर्छ ।

बारिको डिलको जमुनाको फेदमा शितल ताप्दै म चारैतिर नजर दौडाउछु । आज तीन हप्तापछि म सुनगाउँ आएको, शहरबाट । कोहि अरबमा भासिए, हुने खाने र पढेलेखेका कैयन युवा अमेरिका, अस्ट्रेलिया र युरोपमा भासिए । म भने स्वदेशकै शहरमा भासिएँ । कहिले कामको बहानाले, कहिले पढ्ने बहानाले, कहिले लामो बाटोको बहानाले, कहिले छोराछोरी पढाउने बहानाले । हरेक चरणमा कुनै न कुनै बहानाले म तीन दशकदेखि शहरमा भासिँदै छु । कुनै बेला प्रत्येक हप्ता गाउँ जाने म अचेल २-३ सातामा जान्छु । बहानाको कमी छैन । कार्यालय, बजार, घुमघाम, छोराछोरी, अल्छिपना, भत्केको बाटो, वर्षा, सुख्खा, धुलो, बन्द - कति हो कति ।

जमुनाको बोटको हावा खाँदै पर पाखामा देखेँ एक लर्को मान्छे, उकालो चढ्दै गरेका । महिला अलि धेरै । पुरुष अलि कम । केहि ठिटा ठिटी पनि ।  सबैका पछाडि फुक्क फुकेका भिर्ने झोला । म सजिलै अनुमान लगाउछु, हरेक झोला भित्र प्लाष्टिकको जर्किन छ, खाली । एकाबिहानै ती झोला भित्रका जर्किन टन्न भरिएर ओरालो लागेका, खाली भएर फर्किए । फेरि भरिनुछ र भोलिबिहान यथावत् ओरालो लाग्नु छ ।

ती लस्कर लागेका मान्छेका घर घराना छरपस्ट छन्, डाँडाको काखभरी । दिनभरिजस्तो ती घर, टहरा, छाप्राबाट दाउरा बालेको धुँवाको मुस्लो गगनचुम्बी हुँदै निस्किरहन्छन् र हावामा विलाउँछन् । फेरि जर्किन भर्ने सर्दाम तयार गर्दै । नजिकबाट हेर्दा हरेक घरको आँगन वा पिढीमा देखिन्छन ठूला र काला ढुङ्गे चुल्हाहरू, दश पाथी भन्दा बढी पाक्ने फोसीहरू, एक माथी अर्को गरी खात लगाएर चुल्होमाथि राखिएका वा माँझेर कालो पींध आकाशतिर फर्काएर घोप्ट्याइएका । दिनभरि जोतेर केही चारो टिप्न छोडिएका गोरु जस्तै । घर नजिकै चीनको ग्रेट वाल विर्साउने दाउराका चाङ्, अगेनुमा जोतिने प्रतिक्षामा घाम पानी सहन गर्दै । 

ती जर्किन, ती झोला, ती फोसी, ती अगेना, ती दाउराका पर्खाल - सबैको एउटै प्रयोजन । त्यो प्रयोजन त्यस्तो पेयको उत्पादन हो जसले क्षणभरमा निमूखालाई वाकपटु र निर्धनलाई दादा बनाइदिन्छ । मतलव रक्सी, जाँड, सोलमारी, खोया विर्के, टुच्च लाउने चीज वा जे भन्नुस । सारा सुनगाउँमा यसको हलचल छ । मानौ विशाल उद्योग चलेको छ । 

गहूँ, कोदो, चामल, मकै पाथिका पाथि पाकिरहेका छन्, सडिरहेका छन् जडिबुटि सहित र तिनको सडित झोलबाट मादक रस निकाल्ने काम अनवरत चलिरहेको छ । परिणामस्वरुप हरेक दिन बिहान एउटा क्याराभान शहरतिर झर्छ झिसमिसेमै । झोलामा नदेखिनेगरि बोकिएका जर्किनमा के छ सबैलाई थाहा हुन्छ तर सबै थाहा नपाएजस्तो गर्छन् । प्रहरीले चेकिङ्ग गर्दैन वा कहिले काहिँ मात्र गर्छ । विभिन्न ठाउँमा एक पछि अर्को गर्दै झोला बोकेर झर्दै कुनै न कुनै गल्लि छिरेर पूर्वनिर्धारित होटेल, रेस्टुराँ वा भट्टीमा भरीभराऊ जर्किनहरू लगिन्छन्, राखिन्छन र पैसोको लेनदेन हुन्छ । एक प्रकारको मौन व्यापार । केही बोल्नु पर्दैन । इशारामै सबै काम हु्न्छ । सामान ल्याउनेको र पैसा दिनेको । जर्किनमा किन्नेले गिलाँसमा बेच्छ गतिलो नाफामा । जर्किन ल्याउनेले पनि अन्नको भन्दा दोब्बर भाउ पाउँछ । 

विज्ञानले भन्छ, खानेकुरा पेटमा पच्ने बेलामा अल्कोहलमा परिणत हुन्छ । तर सुनगाउँको यो उद्योगले त्यो प्रक्रिया धेरै सजिलो पारेको छ । खानेकुरा पहिल्यै जडिबुटीले गलेर फोसिमा वाष्फिकरण हुँदा अल्कोहल भएर जर्किनमा पुग्छ र मापसे गर्ने मस्तालुहरूको रोम रोममा एकै सर्कोमा पुग्छ । दालभात जस्तो खाएपछि घण्टौं कुर्नुपर्दैन 'लाग्न' को लागि । तुरुन्तै लागिहाल्छ । अनि 'मुकं करोति वाचालं' भने जस्तै निमुखा पनि प्रखर भएर आउँछ । लुलो पनि पहाड नाघौंला झैं गर्न थाल्छ । गजबको चीजको मुल फुटेको छ सुनगाउँमा । 

हरेक सांझ सुनगाउँको चोकमा र धेरै घरका आँगनमा अनेक जोडी पाइला आइपुग्छन् । कतिपय नौला । अरू धेरै नियमित आउनेहरू पनि । कोही दुई पाङ्ग्रेमा, कोही पैदल त कोही चार पाङ्ग्रेमा पनि । बेन्चमा, मुढामा, आँगनको डिलमा, मेचमा, आलिमा धेरैको आसन हुन्छ र शुरु हुन्छ टुच्च लगाउने काम । न केहि गल्दो छ न केहि वित्दो छ । आमाहरूले छोरा खोजिरहुन । छोराछोरीले बाबु बोलाइरहुन । वा दुलहीहरूले दुलहाको बाटो हेरी टोलाइरहुन । मस्तालुले मस्ती गर्न छोड्दैनन् । एक पछि अर्को स्टीलका गिलाँसहरु रित्तिंदै जान्छन । एवम् रीतले जति पेटमा पानी भरिंदै जान्छ र जर्किनहरू रित्तिंदै जान्छन त्यति नै मस्तालुहरूको खल्तिका नगद पनि भट्टिवालको खजानातिर बसाँइ सर्दै जान्छन् ।

त्यसो त सुनगाउँमा मस्ती गर्ने अरू पनि साधन छन् । बिहान झिसमिसे देखि वेलुकी गोधुली सम्म पसलको पिढीमा वसेर गफिनु । क्यारम र पोटको वरिपरी खेलाडीको रूपमा वा ती भन्दा कैयौं गुणा बढी तमासेको रूपमा होहल्ला गर्नु । अथवा बाउन्न पत्ती कितावका पाना हातमा लिंदै दिनभरी सुकुलमा बसेर चिया र चाउचाउसंगै सह-अध्ययन गर्नु । यी यावत् साधनले त घर परिवार र इष्टमित्र मात्र भाँडेका होलान् तर जर्किनको झोलले त पिउनेलाई पनि बाहिरबाट हरिलठ्ठु र भित्रबाट अस्थिपञ्जर बनाइरहेको हुन्छ । तर पियक्कडहरू थाहा नपाए झैं गर्छन् ।

अचानक एउटी महिला सेतो वस्त्रमा उकालो लागिन् । नियालेर हेरें चमेली भाउजु रहिछन्, गोगने दाजुकी घरवाली । अस्ति मात्र गोगने दाजुको स्वर्गबास भयो । कसैले बाण लाग्यो भने त कसैले पिचास । लागेको त उसलाई जर्किनको झोल नै थियो । बिहानै देखि टिल्ल परेर सोलमारीको सुगन्ध छोड्दै लरबराउँथ्यो गोगने । कहिले बाटो छेउको ढुङ्गोलाई गालि गर्थ्यो त कहिले आफ्नो पछि लाग्ने भुस्याहा कुकुरसँग बात मार्थ्यो । झुस्स दार्‍ही, कलेटी परेका नीला ओठ, रङ्ग उडिसकेको फुस्रो छाला र मैलो परिधानमा ऊ घरदेखि भट्टी र भट्टीदेखि घर गरिरहन्थ्यो । रीस उठे छोराछोरीलाई झट्टी फाल्थ्यो वा छोराछोरीकी आमालाई भकुर्थ्यो । एकदिन खपिनसक्नु भएर छोराछोरीकी आमाले पनि ठटाइदिइछ । सहोस् पनि कति दिन । त्यही दिन भट्टीमा अरू दिन भन्दा तेब्बर चढाएको, भोलिपल्ट चट । राती नशामै सुतेको बिहान उठ्न भ्याएन । कलेजो च्यातियो वा मुटु फुट्यो, कसले थाहा पउने । खरानी भैगयो ।  उसले जिउँदो हुँदा दिएको शासनाको बिचार गर्दा लाग्छ घरवालीले पनि अलिकति त चैनको सास फेरी होला । तर पनि लालाबाला टुहुरा हुँदा र पापिस्ट नै भएपनि लोग्ने मर्दा दुख पनि पक्कै लाग्यो नै होला । सुनगाउँमा गोगने जस्ता कति छन् कति । दुखमा कति कति घरवालीहरू निसस्सिरहेका छन । कैयन लालाबालाको बालापन बीचैमा चुँडिएको छ ।

रक्सी उद्योगले धेरै घरलाई सजिलो आय दिएको छ तर त्यही रक्सीले तिनै घरका मान्छेको ज्यान पनि लिएको छ । निकम्मा भएर बिग्रिएका पुरुषको त झन् सङ्ख्या अत्यधिक छँदै छ । खासगरी महिलाहरूले दिनभरी आगोमा जोतिएर र धुँवामा सास फेरेर बनाएको रक्सीले नगद त दिलाएको छ तर उनिहरूकै खसम र छोराहरूलाई पियक्कड बनाएर बिगारेको पनि छ । चमेली भाउजुकै कुरा गरौं, निधारको छाला कालाम्मे हुनेगरी उनले बनाएको रक्सी नै घुमिफिरि उनको बुढाको शरीर खोक्र्याउन सहयोगी बन्यो र गोगने दाजु उमेर नपुग्दै परमधाम पुग्यो, चमेलीलाई एक्लै छोडेर ।

कुनै समय थियो रक्सी पिउने चलन त्यस्तो व्याप्त थिएन । कोही जातको कारणले, कोही बाबुआमाको डरले र कोही अन्य कारणले जाँड रक्सी पिउँदैनथे । तर अहिले ती सबै पर्खाल लगभग भत्किए । जातभातको त कुरो स्वाभाविक रूपले नै विस्तारै हराउनुपर्थ्यो, हराउँदैछ । त्यसको साथसाथै छोराछोरीको बढी स्वतन्त्रता, नगदको बढी उपलब्धता तथा गाउँ बाहिरबाट आउनेको बढ्दो सङ्ख्याले पनि पिउने प्रवृत्तिलाई उरालेको छ ।

पहिला पहिला 'सूर्य अस्त, .......... मस्त' भन्ने चलन थियो । तर विस्तारै सूर्य अस्त पनि हुनु नपर्ने गरी मस्तीको प्रभाव बढेको छ । र बढेको छ त्यो मस्तीले ल्याउने सास्ती पनि । थाहा छैन यस्को परिणाम अझै कति विनाशकारी हुने हो, भविष्यको पुस्ताको लागि ।

आइतवार २६ श्रावण २०७६ (११ अगस्ट २०१९)







मृत्युचिन्तन - कलाकार स्व. गणेश रसिकको सम्झनामा

आज कान्तिपुर दैनिकमा लोक संस्कृति र संगित क्षेत्रका मुर्धन्य कलाकार गणेश रसिकले इहलोक परित्याग गरेको समाचार र त्यसमा व्यक्त भावुक भनाइहरुले ...